साविक च्याम्पियन इंग्ल्यान्ड विश्वकपबाट बाहिरिने संघारमा, श्रीलंकासँग फराकिलो अन्तरले पराजित

साविक विश्व विजेता इंग्ल्यान्ड विश्वकपबाट लगभग बाहिरिएको छ। आफ्नो पाँचौं खेलमा चौंथो हार भोगेसँगै इंग्ल्यान्डको विश्वकपको सेमिफाइनल गणितिय बनेको हो। श्रीलंका विरुद्ध १ सय ५६ रनमै अलआउट भएपछि १ सय ५७ रनको लक्ष्य श्रीलंकाले २५.४ ओभरमै २ विकेट गुमाएर पुरा गर्‍यो। श्रीलंकाले फराकिलो जित निकाल्ने क्रममा पथुम निसांका र सदीरा समरविक्रमाले शतकीय साझेदारी गरे। उनीहरुले […]

सम्बन्धित सामग्री

युरो २०२४ : बाहिरिने डरबाट गुज्रिँदै क्वार्टरफाइनल पुग्यो इंग्ल्यान्ड

स्लोभाकियाको हातबाट पराजित भएर प्रतियोगिताबाटै बाहिरिने डरबाट गुज्रिँदै इंग्ल्यान्डले आइतबार युरो २०२४ को क्वार्टरफाइनल यात्रा तय गरेको छ । इंग्ल्यान्ड अतिरित्त समयको खेलमा २–१ ले विजयी भएको हो ।

भारतसँग पनि इंग्ल्यान्डको लज्जास्पद हार

एजेन्सी – साविक विजेता इंग्ल्यान्ड आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतसँग १ सय रनको लज्जास्पद हारसँगै लिगबाटै बाहिरिने पक्कापक्की भएको छ । लिगबाट बाहिरिन इंग्ल्यान्डको औपचारिकता मात्रै बाँकी छ । भारत भने ६ खेलमा १२ अंकका साथ सेमिफाइनल नजिक पुगेको छ । जितको लागि २ सय ३० रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३४.५ […] The post भारतसँग पनि इंग्ल्यान्डको लज्जास्पद हार first appeared on हाम्रो खेलकुद.

साविक च्याम्पियन इंग्ल्यान्ड श्रीलंका विरुद्ध १ सय ५६ रनमै अलआउट

साविक विश्व विजेता इंग्ल्यान्ड श्रीलंका विरुद्ध १ सय ५६ रनमै अलआउट भएको छ। विश्वकपको २५ औं खेलमा इंग्ल्यान्डले श्रीलंकालाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको हो। यदि आज इंग्ल्यान्ड पराजित भए प्रतियोगिताको समूहचरणबाटै बाहिरिने सम्भावना बलियो हुने छ। बैंगलोरको एम चिन्नास्वामी स्टेडिमयमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ३३.२ ओभरमा अलआउट भयो। टीमका […]

न्युजिल्यान्डसँग बदला लिने सोचमा इंग्ल्यान्ड

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा ब्रिस्बेनमा सुरुहुनेछ । सुपर १२ को समूह ए मा रहेको न्युजिल्यान्ड आज विजयी हुँदा सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्नेछ । उपाधि दाबेदार इंग्ल्यान्ड यस खेलमा पराजित हुँदा बाहिरिने लगभग पक्कापक्कि हुनेछ । त्यसैले इंग्ल्यान्डलाई जित्नै पर्ने […]

स्पेनलाई हराएर इंग्ल्यान्ड सेमिफाइनलमा

प्रतियोगिताबाट बाहिरिने डरबाट गुज्रेको इंग्ल्यान्डले बुधबार अतिरिक्त समयमा स्पेनलाई २–१ ले हराउँदै युरो २०२२ को सेमिफाइनल यात्रा तय गरेको छ । जर्जिया स्टनवेले ९६ औं मिनेटमा निर्णायक गोल गरिन् । स्पेनले इथर गोन्जालेजको गोलले ५४ औं मिनेटमा सुरुआती अग्रता लिएको थियो ।

भारत एक खेल पहिल्यै टि–२० विश्वकपको समूह चरणबाटै बाहिरियो

विश्व क्रिकेटको पावर हाउस मानिने भारत आइसिसी टि–२० विश्वकपको १ खेल अगाडी नै समूह चरणबाटै बाहिरिएको छ । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि भारतको झिनो अंक गणीतिय सम्भावना पनि सकिएको हो ।भारतलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनै पर्ने थियो । तर, न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै सानदार जित निकालेपछि भारतको अघिल्लो चरणको अंक गणीतिय सम्भावना टरेको हो । अफगानिस्तानले प्रस्तुत गरेको १२५ रनको सामान्य विजयी लक्ष्य न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक हुनेछ । जसको कारण समूह चरणबाटै बाहिरिएको हो । पाकिस्तान यस अघि नै ४ खेलमा ४ मा नै जितका साथ सेमिफाइनलमा पुगेको थियो ।टि–२० विश्वकपको सेमिफाइनलमा पुग्ने ४ टोलीको टुङ्गो लागेको छ । यसअघि नै सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड समूह विजेता र अष्ट्रेलिया उप विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक मात्रै हुने भएकाले समूह चरणबाटै बाहिरिएको हो । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने करिब करिब निश्चित नै थियो ।टि–२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डले समूह २ को उपविजेतासँग खेल्नेछ । अष्ट्रेलियाले समूह २ को विजेतासँग खेल्नेछ । सेमिफाइनल बुधबार र बिहीबार हुनेछ । फाइनल आइतबार हुनेछ ।

टी-२० विश्वकपबाट तीन विश्व च्याम्पियन टीम बाहिर !

काठमाडौँ- टी-२० विश्वकप २०२१ को उपाधि जित्ने लक्ष्यका साथ सबै टोली युएईमा छन्। अहिलेसम्म करिब आधा प्रतियोगिता सकिएको छ। इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ भने पाकिस्तान पनि लगभग सेमिफाइनलमा पुग्ने चरणमा छ। पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड समूह १ को शीर्ष स्थानमा छ।  तर, तीन पूर्व टी-२० विश्वकप च्याम्पियन टोली अहिलेको विश्वकपबाट बाहिरिने […]