भारत एक खेल पहिल्यै टि–२० विश्वकपको समूह चरणबाटै बाहिरियो

विश्व क्रिकेटको पावर हाउस मानिने भारत आइसिसी टि–२० विश्वकपको १ खेल अगाडी नै समूह चरणबाटै बाहिरिएको छ । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि भारतको झिनो अंक गणीतिय सम्भावना पनि सकिएको हो ।भारतलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनै पर्ने थियो । तर, न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै सानदार जित निकालेपछि भारतको अघिल्लो चरणको अंक गणीतिय सम्भावना टरेको हो । अफगानिस्तानले प्रस्तुत गरेको १२५ रनको सामान्य विजयी लक्ष्य न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक हुनेछ । जसको कारण समूह चरणबाटै बाहिरिएको हो । पाकिस्तान यस अघि नै ४ खेलमा ४ मा नै जितका साथ सेमिफाइनलमा पुगेको थियो ।टि–२० विश्वकपको सेमिफाइनलमा पुग्ने ४ टोलीको टुङ्गो लागेको छ । यसअघि नै सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड समूह विजेता र अष्ट्रेलिया उप विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक मात्रै हुने भएकाले समूह चरणबाटै बाहिरिएको हो । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने करिब करिब निश्चित नै थियो ।टि–२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डले समूह २ को उपविजेतासँग खेल्नेछ । अष्ट्रेलियाले समूह २ को विजेतासँग खेल्नेछ । सेमिफाइनल बुधबार र बिहीबार हुनेछ । फाइनल आइतबार हुनेछ ।

सम्बन्धित सामग्री

आइपीएल : आज दुई खेल हुँदै

काठमाडौं, २ बैशाख । इन्डियन प्रमियर लिग(आइपीएल) अन्तर्गत आज(शनिबार) दुई खेल हुँदैछन्। आज हुने पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली क्यापिटल्सबीच हुनेछ। सो खेल नेपाली समयानुसार ३:४५ बजे एम चिन्नास्वामी स्टेडियममा हुनेछ। यस्तै, अर्को खेल लखनउ सुपर जायन्टस र पन्जाब किंग्सबीच हुनेछ। सो खेल नेपाली समायानुसार साँझ ७:४५ बजेदेखि एकना स्पोर्टस सिटीमा हुनेछ। १० […]

मेयर कपः आज दुई खेल हुँदै

मेयर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। खेल त्रिभुवन विश्वविद्यालयको खेल पहिलो खेल मैदान कीर्तिपुरमा बिहान ९ बजेबाट शुरु भएकोछ भने दोस्रो खेल दिउँसो १बजेबाट शुरु हुनेछ।...

मेयर कपः आज दुई खेल हुँदै

मेयर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। खेल त्रिभुवन विश्वविद्यालयको खेल पहिलो खेल मैदान कीर्तिपुरमा बिहान ९ बजेबाट शुरु भएकोछ भने दोस्रो खेल दिउँसो १बजेबाट शुरु हुनेछ।...

खेल क्षेत्रको प्रवर्द्धन गर्न खेल मैदान बनाउने अभियान

गलेश्वर– खेल क्षेत्रको प्रवर्द्धन गर्न यहाँका स्थानीय तहहरूले गाउँपिच्छे खेल मैदान बनाउने अभियान थालेका छन् । गाउँगाउँमा खेल मैदान निर्माण हुन थालेपछि खेलाडी उत्साहित छन् । जिल्लाको बेनी नगरपालिका सहित धौलागिरि, अन्नपूर्ण, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाले वडावडामा खेल मैदान निर्माण गरिरहेका छन् ।  कतिपय वडामा स्थानीय युवा क्लब र विदेशमा रहेका गाउँका युवाको सहयोगमा […]

विश्वकप फुटबलमा आज पनि चार खेल

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबार चार खेल हुँदैछ।मंगलबार समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुन लागेको हो।  समूह ‘ए’ र र ‘बी’ का दुई–दुई खेल हुनेछ।समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ। समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्याण्डबीच खेल हुँदैछ। यी खेल राति पौने १२ बजे सुरु हुनेछ मा हुनेछ । यी चारै खेलब

हक्की खेल आजबाट तर छैन मैदान तयार, के प्रभावित होला खेल?

पोखरा : असोज २८ देखि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल सुरु भइसकेका छन्। जस अन्तर्गत महिला र पुरुष हक्की आजबाट सुरु हुँदैछ। हक्की मैदानको घाँस बुधवारमात्रै काट्न सुरु गरिएको थियो। हक्की खेल अन्तर्गत पुरुष हक्की गौरीशंकर खेल मैदान, हेम्जामा हुने तय भएको थियो भने महिला हक्की गण्डकी बोर्डिङ…

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द, दोस्रो खेल आज

नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी स्टेडियममा नेपाली समय अनुसार मंगलबार ९ः४५ को लागि तय भएको खेल वर्षाको कारण रद्द भएको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ ।विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

वर्षाले खेल प्रभावित

नेपाल र जिम्बाब्वे ए बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षा भएपछि रद्द भएको छ। कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरक्षिण गर्दै खेल रद्द भएको जनाएका थिए।...

वर्षाले खेल प्रभावित भएपछि खेल तालिका नै परिवर्तन (नयाँ तालिका सहित)

काठमाडाैं : वर्षाले खेल प्रभावित भएपछि खेल तालिका नै परिवर्तन भएकाे छ।टीयू मैदान कीर्तिपुरमा शनिबारबाट तय भएको नेपाल र जिम्बाबे बीचको एकदिवसीय खेल वर्षाले प्रभावित भएसँगै नेपाल क्रिकेट संघ क्यानले खेल तालिका नै परिवर्तन गरेको हाे।अब पहिले तीन टी-२० अभ्यास खेल हुनेछन् भने त्यसपछि एकदिवसीय खेल हुने छ।जिम्बाबे विरुद्धको यो अभ्यासलाई जुनमा अमेरिकामा हुने आइसिसी विश्वकप लिग-२ को तयारीका रुपमा रहने छ। यो सिरिजले आईसीसीको मान्यता नपाएकाले अभ्यासका रुपमा मात्रै लिएको छ।टी-२० का लागि घोषित नेपाली टीमसन्द

खेल सुरु भएको ५ मिनेटमै ब्राजिल र अर्जेन्टिना बीचको खेल रद्द

लन्डन । विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबिचको खेल रद्द गरिएको छ । ब्राजिलमा खेल सुरु भएको ५ मिनेटमै स्वास्थ्य अधिकारीहरुको आग्रहमा खेल रोकिएको हो । अर्जेन्टाइनी टोलीका ४ खेलाडीले क्वारेन्टीनको नियम तोडेको प्रमाणित भएपछि खेल रद्द गरिएको हो । इंग्लीश प्रिमियर लिगमा आवद्ध यी चार खेलाडीहरु अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने थियो । तर उनीहरु […] The post खेल सुरु भएको ५ मिनेटमै ब्राजिल र अर्जेन्टिना बीचको खेल रद्द appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.