टुसाएको धानबाली देखाएर राहत माग्दै किसान

'राहत दिने कोही छन् कि हजुर, यो तस्बिर सञ्चार माध्यममा हाल्दिनु पर्‍यो',  केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेको आग्रह हो यो।

सम्बन्धित सामग्री

वीरगञ्जका किसानको धान बाली डुबानमा, पानीको निकास नहुँदा बाटो पनि डुब्यो

वीरगञ्ज – लामो समयको खडेरीपछि दुई दिन परेको पानीका कारण किसान हर्षित भएका छन् भने थोरै पानी पर्दा केही किसान मारमा परेका छन्। शुक्रबार र शनिबार परेको पानीले धान रोपाइँ गर्न नपाएका किसानलाई केही राहत मिलेको छ। तर, वीरगञ्ज महानगरपालिकाका किसानको बिघौँ धानबाली डुबानमा परेको छ। महानगरपालिका–३० मा किसानको धान रोपाइँ डुबानमा परेको हो। दुई […]

कमला नदीबाट बर्खायाममा २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ

धनुषा – खेतमा सि‌ँचाइको सुविधा पुगेपछि धनुषा, सिरहा महाेत्तरी र सप्तरीका किसान दङ्ग परेका छन् । पहिले आकाशे पानीको भरमा खेती गर्दै आएका किसानले यस पटक भने सिँचाइ सुविधा पाएका छन् । कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइ नहर प्रणालीअन्तर्गत सिँचाइ सुविधा पुर्‍याएंपछि धानबाली लगाउने बेलामा समस्या भोग्दै आएका किसानलाई राहत मिलेको छ । पहिले धानखेतीका लागि वैकल्पिक सिँचाइको भर पर्नुपर्ने समस्या भोग्दै आएका सिरहाको औरहीका किसानलाई पनि यस पटक भने पानीको कुनै समस्या भएन । गएका वर्...

टुसाएको धानबाली देखाएर राहत माग्दै किसान

“राहत दिने कोही छनकि हजुर, यो तस्बीर सञ्चार माध्यममा हाल्दिनु पर्यो”, केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गर्नुभएको आग्रह हो यो ।

किसानलाई राहत उपलब्ध गराउन संघर्ष समितिको माग

६ कात्तिक, रौतहट । बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएकाले किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन आईटी किसान संघर्ष समितिले माग गरेको छ । केही दिनअघि परेको वर्षाका कारण किसानले खेतमा लगाएका धानबालीमा व्यापक क्षति भएको छ । वर्षा तथा हावाहुरीका कारण धानबाली नष्ट भएपछि किसानहरु पीडित बनेका छन् । धान रोप्ने बेला सिँचाइ तथा मलखाद्यको अनेकौं […]

कृषकलाई राहत दिन किसान महासंघको माग

सुर्खेत (अस) । अखिल नेपाल किसान महासंघ, सुर्खेतले बेमौसमी वर्षापछि देशैभर भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासंघ सुर्खेतले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेत आसपासका क्षेत्रमा पाकेको धानबाली वर्षाका कारण नष्ट भएकोमा सम्बन्धित सबै सरोकारवालाको ध्यानाकर्षण गराएको हो । महासंघ सुर्खेतका अध्यक्ष मनोहर आचार्यले कृषकको प्रमुख आयस्रोतको रूपमा रहेको धानबाली नष्ट भएकाले तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई अनुरोध गरे । अविरल वर्षाले बालीनालीमा पु¥याएको क्षतिको विवरण संकलन गरी राज्य कोषबाट उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए । ‘किसान वर्गमा हुने क्षतिलाई समायोजन हुनेगरी कार्यक्रम परिमार्जन गरेर राज्यले आफ्नो उपस्थिति बढाउनुपर्छ,’ उनले भने, ‘प्राकृतिक प्रकोपबाट नोक्सानी बेहोरेका किसानलाई आवश्यक राहत, पुनःस्थापना तथा अन्य सहयोगका लागि सबै पक्ष र निकायसँग अपिल गर्दछौं ।’

धानबाली क्षति पुगेका किसानलाई राहत दिन किसान महासंघको माग

३ कात्तिक, काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले वर्षा, बाढी र डुवानबाट धानबाली क्षति भएका किसानलाई राहत दिन सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष प्रेम दंगालले वक्तव्य जारी गर्दै क्षति विवरण …

बाढी प्रभावितलाई राहत प्याकेज घोषणा गर्न एमालेको माग

काठमाडौँ– नेकपा एमालेले विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गरी पहिराका कारण कतिपयको ज्यान गएको, कतिपय घरबारविहीन भएका, कतिपय व्यक्ति बाढीमा फस्न पुगेको र हवाहुरीले पाकेको धानबाली सखाप भएको जनाउँदै कृषिमाथि आश्रित लाखौँ किसान परिवारमाथि ठूलो […]

बाढी पीडितलाई तत्काल राहत प्याकेज घोषणा गर्न एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दुई दिन देखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठुलो क्षति भएको भन्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।  मंगलबार एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै वर्षाका कारण भित्र्याउन बेलाको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई स

अविरल वर्षाले क्षति भोगेका किसानलाई राहत दिन मौलिक जरोकिलो पार्टीको माग

अविरल वर्षाका कारण भित्र्याउन लागिएको धानबालीलाई क्षति पुगेर किसान मर्कामा परेको घटनाप्रति मौलिक जरोकिलो पार्टीले चिन्ता व्यक्त गरेको छ । बीउको अभाव, समयमै मल नपाउने समस्या र बजारको अभावको कारण आफ्नो उत्पादन खेतबारीमै सड्ने समस्या पटक–पटक भोगेका नेपाली किसानले यसपटक पाकेको धानबाली भित्र्याउने बेला बेमौसमको वर्षाले गरेको क्षति सहनुपरेकोमा पार्टीले दुःख व्यक्त गरेको छ । खेतीपातीबाट जीविकोपार्जन गरिरहेका साना किसानहरू चरम आर्थिक संकटमा पर्ने र भोकमरी लाग्ने सम्भावना बढ्नसक्ने पार्टीले अनुमान गरेको छ । तंग्रिन थ...

डुबान प्रभावित किसानलाई राहत उपलब्ध गराउन आयोगको आग्रह

राष्ट्रिय किसान आयोगले बाढी र डुबानबाट प्रभावित किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका कार्यक्रम अबिलम्ब घोषणा गर्न सरकारसमक्ष आग्रह गरेको छ । आयोगले वर्षा, बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका अल्पकालीन र दीर्घकालीन प्याकेजका कार्यक्रम ल्याउन सरकारसमक्ष आग्रह गरेको हो ।धान थन्क्याउने समयमा अप्रत्याशित रुपमा भएको अविरल वर्षापछि आएको बाढी र डुबानबाट धानबाली नष्ट हुनुले मुलुकको अर्थतन्त्रमा समेत क्षति पुगेको आयोगको ठहर छ । केह