कमला नदीबाट बर्खायाममा २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ

धनुषा – खेतमा सि‌ँचाइको सुविधा पुगेपछि धनुषा, सिरहा महाेत्तरी र सप्तरीका किसान दङ्ग परेका छन् । पहिले आकाशे पानीको भरमा खेती गर्दै आएका किसानले यस पटक भने सिँचाइ सुविधा पाएका छन् । कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइ नहर प्रणालीअन्तर्गत सिँचाइ सुविधा पुर्‍याएंपछि धानबाली लगाउने बेलामा समस्या भोग्दै आएका किसानलाई राहत मिलेको छ । पहिले धानखेतीका लागि वैकल्पिक सिँचाइको भर पर्नुपर्ने समस्या भोग्दै आएका सिरहाको औरहीका किसानलाई पनि यस पटक भने पानीको कुनै समस्या भएन । गएका वर्...