कृषकलाई राहत दिन किसान महासंघको माग

सुर्खेत (अस) । अखिल नेपाल किसान महासंघ, सुर्खेतले बेमौसमी वर्षापछि देशैभर भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासंघ सुर्खेतले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेत आसपासका क्षेत्रमा पाकेको धानबाली वर्षाका कारण नष्ट भएकोमा सम्बन्धित सबै सरोकारवालाको ध्यानाकर्षण गराएको हो । महासंघ सुर्खेतका अध्यक्ष मनोहर आचार्यले कृषकको प्रमुख आयस्रोतको रूपमा रहेको धानबाली नष्ट भएकाले तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई अनुरोध गरे । अविरल वर्षाले बालीनालीमा पु¥याएको क्षतिको विवरण संकलन गरी राज्य कोषबाट उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए । ‘किसान वर्गमा हुने क्षतिलाई समायोजन हुनेगरी कार्यक्रम परिमार्जन गरेर राज्यले आफ्नो उपस्थिति बढाउनुपर्छ,’ उनले भने, ‘प्राकृतिक प्रकोपबाट नोक्सानी बेहोरेका किसानलाई आवश्यक राहत, पुनःस्थापना तथा अन्य सहयोगका लागि सबै पक्ष र निकायसँग अपिल गर्दछौं ।’