अनुदानमा कृषकलाई ३२ वटा हाते ट्रयाक्टर वितरण

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिकाले हाते ट्रयाक्टर कृषकलाई वितरण गरेको छ। नगरभित्रका व्यावसायिक कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा ३२ वटा हाते ट्रयाक्टर वितरण गरिएको हो। नगरपालिका भित्रका ११ वटै वडाका किसानहरुलाई लक्षित गरेर ३२ वटा ट्याक्टर वितरण गरिएको उपप्रमुख डेगेश्वरी क्षेष्ठले बता...

सम्बन्धित सामग्री

किसानलाई अनुदानमा ट्रयाक्टर वितरण

कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ।

लम्पी स्किनले गोरु मरेपछि किसानलाई रोपाइँ गर्न हाते ट्रयाक्टर

लमजुङमा पशुचौपायामा देखिएको लम्पी स्किन संक्रमणले रोपाइँ प्रभावित भएको छ । लम्पी स्किन संक्रमणपछि धमाधम गोरु मर्न थालेसँगै किसानलाई राहत होस् भनेर रोपाइँ गर्न दोर्दी गाउँपालिकाले अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको...

इलाम नगरपालिकाद्वारा हाते ट्रयाक्टर वितरण

काठमाडाैं । श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । इलाम नगरपालिकाले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन अनुदानमा हाते ट्याक्टर वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्काले बताउनुभयो । नगरपालिकाको कृषिमा प्राथमिकता अभियान अनुरुप शुक्रबार इलाम नगरपालिका वडा न ९ मा ट्रयाक्टर वितरण गरिएको […]

भरतपुर महानगरले बाँड्यो कृषि फार्मलाई अनुदानमा ट्रयाक्टर

चितवन । चितवनका सात वटा कृषि फार्मले उच्च क्षमताको ट्रयाक्टर पाएका छन् । भरतपुर महानगरले कृषिमा आधुनिकीकरण र उत्पादन क्षमता बढाउने योजनासहित ६ वटा ट्रयाक्टर र एउटा हाते ट्रयाक्टर (मिनीटिलर) हस्तान्तरण गरेको हो । महानगर परिसरमा आयोजित कार्यक्रममा  महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीले कृषि फार्मका किसानलाई ट्रयाक्टर हस्तान्तरण गरे । उच्च प्रविधिका ट्रयाक्टर पाउनेमा महानगरका  कैलाश कृषि विकास कृषक समूह, विमल एग्रो फार्म एन्ड रिसर्च सेन्टर, कमलपोखरी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था, अमृत किसान बहुउद्देश्यीय सहकारी संस्था, हिमशिखर कृषि सहकारी संस्था  र उन्नत बिज वृद्धि कृषक समूह रहेका छन् । यस्तै,  रिजन कृषि तथा पशुपक्षी फार्मले हाते ट्रयाक्टर पाएको छ । वितरण गरिएका ट्रयाक्टरमा, हाइरो, कल्टिभेटर र रोटाभेटर रहेका छन् । प्रतिट्रयाक्टर १६ लाख ५२ हजार लागत मूल्यका ट्रयाक्टर महानगरले ८ लाख अनुदान दिएको महानगरका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए  । महानगरमा आवेदन परेका कृषि फार्म र समूहलाई छनोट गरी थप पाँच वटा ट्रयाक्टर अनुदानमा उपलब्ध गराइने पौडेलले बताए । केही दिनअघि महानगरले एउटा  फार्मलाई धान रोप्ने उच्च प्रविधिको मेसिन हस्तान्तरण गरेको थियो ।  केही दिनमै ५ वटा फार्मलाई धान रोप्ने, प्रशोधन गर्ने र इलेक्ट्रिक डायर मेसिन वितरण गरिने भएको छ । ट्रयाक्टर हस्तान्तरण कार्यक्रममा महानगर प्रमुख  दाहालले महानगरपालिकाले कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण र आधुनिकीकरणमा जोड दिइएको बताइन् । युवालाई  कृषि कर्ममा आकर्षण गर्न आगामी आर्थिक वर्षमा पनि यस क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन् । चितवनलाई व्यावसायिक र कृषि हबको रूपमा विकसित गर्ने लक्ष्य रहेको उनको धारणा थियो ।

कमलामाईले बाँड्यो किसानलाई हाते ट्रयाक्टर

सिन्धुली : कमलामाई नगरपालिकाले धान दिवसका अवसरमा किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ। नगरपालिकाले १० जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको हो।  कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत कमलामाईले १४ वटै वडाका कृषक समूह सहकारीमा आवद्ध कृषकहरुबाट आवेदन माग गरेर छनोट गरी १० जनालाई सात हर्स...

किसानलाई हाते ट्रयाक्टर वितरण

नुवाकोट : विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। धान दिवसको अवसरमा आइतबार विदुरमा कार्यक्रमको आयोजना गरी विदुर नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रभित्रका कृषक समूह, फार्म र सहकारीलाई २२ वटा हाते ट्र्याक्टर वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जानकारी दिए...

इलामका किसानलाई अनुदानमा हाते ट्रयाक्टर

इलाम, २३ असार । जिल्ला कृषि विकास कार्यालय इलामले अनुदानमा कृषकलाई ३५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा सो ट्रयाक्टर वितरण गरेको हो ...

कृषकलाई अनुदानमा हाते ट्याक्टर

असार २३ । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई ३५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा सो...