काठमाडौं : राष्ट्रिय राजनीतिमा रूपान्तरणकारी हस्तक्षेप गर्न सक्ने बृहत्तर वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने भएको छ।विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले बताए। पार्टी एकतापछि पनि पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहने उनले