नेकपा माओवादी केन्द्रले यही पुस ११-१३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ।सम्मेलनको तयारी भइरहेको माओवादी यतिवेला नेतृत्वबारे आन्तरिक छलफलमा व्यस्त छ। अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विकल्प भएपछि अध्यक्ष बाहेकका पदाधिकारीमा अन्य नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ। माओवादीले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दैछ।तर माओवादीको विधानमा पदाधिकारी कति जना बनाउने प्रष्ट संख्या उल्लेख छैन। विधानमा उल्लेख नभए पनि ९ जना प