न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने भएका छन् । जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएशनले पनि आन्दोलनका कार्यक्रम तय गर्दैछ । इजलास नबसेका न्यायाधीशहरूले नेपाल बारको निर्णय कुरेका छन् । बारले तय गर्ने आन्दोलनका कार्यक्रमअनुसार थप रणनीति बनाउने उनीहरूको योजना छ । नेपाल बार एसोसिएशनले आज बैठक बसेर जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो । राजीनामा नदिन अड्डी कसिरहेका प्रधान...

सम्बन्धित सामग्री

आईजीपी विवाद : कामु प्रधानन्यायाधीश नेतृत्वको संयुक्त इजलासमा आज चौथो सुनुवाइ

नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा चौथो पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ ।वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरे

तीन डीआईजीको मुद्दा आज पनि एकल इजलासमा

काठमाडौं, २२ चैत्र । प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिट मंगलबार पनि पेशी तोकिएको छ । न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । आइतबार र सोमबार […]

डिआइजीहरूको रिट आज पनि रेग्मीकै इजलासमा

काठमाडौँ। नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसमा असन्तुष्ट डिआइजीहरूले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुँदै छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा मुद्दाको पेसी तोकिएको छ । हिजो रेग्मीकै इजलासमा सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ मा राखिएको थियो । डिआइजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले वरीयता मिचेर एआईजीमा […]

५२ जना संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं : तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा नियुक्त भएका  ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।सर्वोच्च अदालतले आज कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु  मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासमा मुद्दाको पेशी तोकेको छ। सर्वोच्च अदालतले आफ्नै एकल इजलासको अन्तरिम आदेशका कारण अवरुद्ध भएको मुद्दाको आज सुनुवाई हुन लागेको हो।&n

प्रधानन्यायाधीशले तोके सुनुवाइका लागि आठ इजलासमा पेसी

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोकेका छन्।

यी हुन् अधिवक्ताले गर्दैछन् आज संवैधानिक इजलासमा बहस

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा रिट निवेदकका तर्फबाट प्रारम्भिक बहसको आज अन्तिम दिन हो। आजको इजलासमा वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेल, बाबुराम कुँवर, पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधान, अधिवक्ता डा.भीमार्जुन आचार्य तथा टिकाराम भट्टराईले बहस गर्नेछन्। बिहीबारको इजलासमा वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका थिए।

संवैधानिक इजलासमा आज दुई न्यायाधीशले राय दिने

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि आज बुधवार संवैधानिक इजलास बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएपछि दुईदिन इजलास स्थगित गरिएको थियो ।इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय दिँदैछन् । उनीहरुले इजलासमा बस्ने या नबस्ने बारे राय दिने छन् ।जेठ १८ मा कार्की र भट्टराई रायसहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । जेठ २३ मा दिनभर संवैधानिक इजलासबाट दुई न्याय

संवैधानिक इजलासमा पुरानैलाई कायम

प्रनिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आज तेस्रो दिन सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरुलाई कायम गरेका छन् ।...

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाण्डाै - प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । अस्ति शुक्रवार पहिलो सुनुवाइ भएका मुद्दाहरुमा बहस नसकिएकाले आज फेरि बहस हुन लागेको हो । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन् ।  अस्ति शुक्रबारको बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गठन गरेको संवैधानिक​ इजलासबारे अधिवक्ताले प्रश्न उठाएका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीलाई विघटन गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएकाले न्...

संसद विघटनविरुद्ध आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै छ । रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा विवाद कायमै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा […]