माल्दिभ्सबाट उडेका श्रीलंकाका राष्ट्रपति सिङ्गापुर पुगे

ठूलो जनविरोधपछि देश छाडेर भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे मालदिभ्सबाट सिंगापुर पुगेका छन् । सिंगापुरको सरकारले उनलाई ‘निजी भ्रमणको लागि प्रवेश अनुमति’ दिएको बताएको छ ।राजापाक्ष सिंगापुरमै बस्ने हुन् वा त्यहाँबाट अन्यत्र जानेछन् हालसम्म स्पष्ट छैन । गोटाबायाले सार्वजनिक आक्रोशको बीचमा बुधबारसम्म राजीनामा दिने वाचा गरेका थिए तर राजीनामा गर्ने भनेर तोकिएको दिनको अघिल्लो दिन उनी माल्दिभ्स गए । उनी मंगलबार राति सैन्य विमानमा माल्दिभ्स भागेका थिए । सिंगापुरका परराष्ट

सम्बन्धित सामग्री

श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षेले बढाए सिङ्गापुर बस्ने म्याद

श्रीलंकका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षेले सिङ्गापुरमा बस्ने समयावधि बढाएका छन्।

श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुर बस्ने म्याद थप

सिङ्गापुर । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले सिङ्गापुरमा बस्ने समयावधि बढाएका छन् । उनले थप १४ दिन सिङ्गापुरमै बस्ने म्याद थप गरेको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् । श्रीलङ्कामा आन्दोलनकारीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय तथा निवास नै कब्जा गरिदिएपछि देश छाडेर भागेका राजापाक्षले यसअघि पनि १४ दिन सिङ्गापुर बस्ने अनुमति लिएका थिए । उनलाई […]

श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुर अवतरण

श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष सिङ्गापुर आइपुग्नु भएको छ ।

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान

राजापाक्षे, श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू हिजो राति मालेबाट सिङ्गापुरका लागि सिङ्गापुर एयरलाइन्सको विमान चढ्ने तयारीमा थिए तर सुरक्षा चिन्ताका कारण सो कार्यक्रम स्थगित भएको थियो।...

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान

कोलम्बो । श्रीलङ्कामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिङ्गापुर प्रस्थान गरेका छन् । राजपक्षेले माल्दिभ्स छाडेर निजी जेटमा सिङ्गापुर जाँदै गरेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसअघि, एक निजी जेट माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्न मालेमा अवतरण भएको पनि डेली मिररले बताएको छ । राजापाक्षे, श्रीमती […]

माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति राजापाक्षे सिङ्गापुर जाने तयारीमा

प्रदर्शन चर्किएपछि माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे त्यहाँबाट सिङ्गापुर जाने तयारीमा हुनुहुन्छ । प्रदर्शनकारीले राष्ट्रपति कार्यालय नै कब्जा गरेपछि उहाँ हिजो माल्दिभ्स पुग्नुभएको थियो । राजापाक्षेसँगै उहाँकी श्रीमती र दुई अङ्गरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् । राजापाक्षे देशबाट भागेपछि राजनीतिक सङ्कट थप गहिरिएको छ । तत्काल सङ्कट टर्ने सङ्केत देखिएको छैन । श्रीलङ्कामा अहिले आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । श्रीलङ्काको सेना र पुलिस प्रशासनले संसद्का सभामुखलाई सर्वदलीय बैठक बोलाउन र ...

देश छाडी भागेका श्रीलङ्काली पूर्व राष्ट्रपति मालदिभ्सबाट सिंगापुर जाने

काठमाडौँ- श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिङ्गापुर जाने भएका छन् । बुधबार सबेरै राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले पुगेका राजापाक्ष मालेमा एक दिन पनि पुरा नबसी बुधबार राती नै सिङ्गापुर प्रस्थान गर्ने भएका हुन् । आफ्नै देश भित्र असुरक्षा भएको भन्दै देश छाडेर भागेका राजापाक्षलाई भाग्नका लागि श्रीलङ्काको सेनाले नै सहयोग गरेको छ । […]

५ देशका राजदूतले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस गरे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवनमा आज बुधवार दिउँसाे आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्युजिल्यान्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । सिङ्गापुरका राजदूत सिमोम ओङ विइ कुएन, न्युजिल्यान्डका डेभिड ग्रेगोरी पाइन, होली सीका लियोपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका राजदूत डानिला सेजोनोभ टानेले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको र...