सिङ्गापुर सरकारले भन्यो, ‘गोटाबाया राजापाक्षेले शरण मागेका होइनन्, पाहुना बनेर आएका हुन्’

श्रीलंकाबाट भागेर सिङ्गापुर पुगेका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो देशमा शरण नमागेको सिंगापुर सरकारले जनाएको छ ।सिङ्गापुरको विदेश मन्त्रालयले भनेको छ, ‘राजपक्षेले यहाँ शरण मागेका छैनन् । उनलाई पाहुनाको रुपमा नै देशमा प्रवेशको अनुमति दिइएको हो ।’सञ्चारमाध्यमको जिज्ञासाको जवाफ दिँदै सिङ्गापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई ‘निजी भ्रमण’ मा सिङ्गापुर प्रवेश गर्न अनुमति दिएको बताएको छ ।राजापाक्षे बिहीबार साँझ सिङ्गापुर पुगेका थिए । सिङ्गापुर पुगेको केही समयपछि