देश छाडी भागेका श्रीलङ्काली पूर्व राष्ट्रपति मालदिभ्सबाट सिंगापुर जाने

काठमाडौँ- श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिङ्गापुर जाने भएका छन् । बुधबार सबेरै राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले पुगेका राजापाक्ष मालेमा एक दिन पनि पुरा नबसी बुधबार राती नै सिङ्गापुर प्रस्थान गर्ने भएका हुन् । आफ्नै देश भित्र असुरक्षा भएको भन्दै देश छाडेर भागेका राजापाक्षलाई भाग्नका लागि श्रीलङ्काको सेनाले नै सहयोग गरेको छ । […]

सम्बन्धित सामग्री

श्रीलङ्कामा सङ्कटकाल घोषणा

श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपतिले सोमबारबाट लागु हुने गरि सङ्कटकालाको घोषणा गरेका हुन् । श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको बताएका थिए । सोही बमोजिम राष्ट्रपति विक्रमासिंघेले सोमबार एक विशेष सूचनामार्फत् देशव्यापी रुपमा सोमबारदेखि नै लागू हुनेगरी सङ्कटकालको घोषणा गरेको बताइएको छ । उता श्रीलङ्काली संसदले यही जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ । जुलाई २० मा यहाँको संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको र त्यसका लागि मङ्गलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको जानकारी सभामुखले यसअघि नै दिएका छन् । त्यहाँका राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर पुगेका छन् । त्यसपछि त्यहाँका कार्यबाहक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे नियुक्त भएका हुन् । श्रीलङ्का पछिल्लो समयमा आर्थिक सङ्कटमा फसेको छ । देश आर्थिक सङ्कटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।