५ देशका राजदूतले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस गरे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवनमा आज बुधवार दिउँसाे आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्युजिल्यान्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । सिङ्गापुरका राजदूत सिमोम ओङ विइ कुएन, न्युजिल्यान्डका डेभिड ग्रेगोरी पाइन, होली सीका लियोपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका राजदूत डानिला सेजोनोभ टानेले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको र...

सम्बन्धित सामग्री

राजदूत क्षेत्रीले बुझाए ओहोदाको प्रमाणपत्र

दोहा । संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले यूएईका अध्यक्ष शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । संयुक्त अरब इमिरेट्सका लागि नेपालको राजदूतको कार्यभार सम्हाल्न गत बिहीबार ११ असोजमा अबुधावी पुगेका क्षेत्रीले बुधबार कसार अल वाटनमा आयोजित एक विशेष समारोहबीच यूएईका राष्ट्रपति अल नाहयानसमक्ष ओहोदाको प्रमाणपत्र पेस […] The post राजदूत क्षेत्रीले बुझाए ओहोदाको प्रमाणपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन् सोङले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार शुक्रबार दिउँसो नेपालका लागि चिनियाँ राजदूत सोङले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।उक्त अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको प्रवक्ता आचार्यले जानकारी दिए।

भारतीय राजदूतद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । ओहोदाको प्रमाणपत्र पेस गरेपश्चात राजदूत श्रीवास्तवले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश पढेर सुनाएका थिए । […]

राजदूत डा. शर्माद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं   ।  भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्माले भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा उहाँले आफ्नोे ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । ओहोदाको प्रमाणपत्र पेस गरिसकेपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत शर्माले भारतका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र भारतका जनताको […]

नेपाली राजदूत अधिकारीद्वारा इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ– पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा इरानका गैरआवासीय राजदूतका रूपमा अधिकारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। त्यसक्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गरेका थिए। उनले राष्ट्रपति […]

इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा इरानका गैरआवासीय राजदूतका रूपमा अधिकारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।त्यसक्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गरेका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट

राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ वाइडेनसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राजदूत खत्रीले यही अप्रिल १९ मा पेस गरेका प्रमाणपत्र अमेरिकी राष्ट्रपति वाइडेनले ग्रहण गरेका वासिङ्टन...

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूतहरु क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।त्यसअवसरमा परराष्ट्रमन्त

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, टोमास हाइनरिस प्रिन्च, तोरुन ड्रामदाल र जिल बुरबाओले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।त्यस अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौड्याल तथा राष्ट्रपति कार्यालय र परराष्

बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस

लण्डन। नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। भर्चुअलरूपमा सम्पन्न समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाएका थिए। सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृद्धिको कामना गरेका छन्।