प्रेस काउन्सिल नेपालले वर्षेनी प्रदान गर्ने गोपालदास पत्रकारिता लगायतका पुरस्कारको निर्णय यतिबेला चर्चामा छ । नेपाली पत्रकारितामा गरिमामय ठानिने एक लाख ५१ हजार रुपैयाँको पुरस्कार अग्रज पत्रकार भारतदत्त कोइरालालाई प्रदान गर्ने निर्णय भएको छ ।
कोइराला कुनै राजनीतिक वाद, सिद्धान्त भन्दा माथि उठेका व्यक्तित्व हुन् । उनको अन्तराष्ट्रिय व्यक्तित्व छ । एशियाको नोवेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार समेत उनले नेपाली पत्रकारिताको विकासमा पुर्याएको योगदानकै कारण पाइसकेका छन् । गोरखापत्र दैनिकको चिफ रिपोर्टरदेखि सम्पादक र महाप्रबन्धकसम्म भ...