हेटौँडा : विश्व साइकल यात्री पुष्कर शाहलाई शनिबार हेटौँडामा सम्मान गरिएको छ। रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा शाहलाई सम्मान गरेको हो।
साइकलको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको शाहलाई सम्मान गरेको रेडियोले जनाएको छ। रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीले शाहलाई नगदसहित सम्मान गरेकी थिइन्।
...