विश्व साइकल यात्री पुष्कर शाह नेतृत्वको टोलीलाई दोलखाको भिमेश्वरस्थित सातदोबाटो चोकमा स्वागत गरिएको छ ।
बिहीवार भिमेश्वर नगरपालिका–३ सातदोबाटो चोकमा ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत नागरिक र प्रहरीबीच सहकार्य, अपराध रोकथामको लागि अभियान भन्ने मूल नाराका साथ ‘नेपाल साइकल उत्सव–२०७८’को उपलक्ष्यमा स्वागत गरिएको छ ।
विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुबाट मुगु जिल्लासम्म साइकल यात्राको लागि भदौ २५ गते प्रस्थान भएका साइकल ...