हरेक जिल्लामा तथ्यांक कार्यालय राख्नुपर्छ : सचिव राया

२८ साउन, काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाले तथ्यांकलाई व्यवस्थित बनाउन हरेक जिल्लामा तथ्यांक कार्यालय राख्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव रायाले हरेक स्थानीय तहमा कम्तीमा एउटा गणक राख्नुपर्ने बताए । उनले तथ्यांक कार्यालयले स्थानीय तहसम्मको जनसंख्या दिने गरेपनि सम्बन्धित तहले आफ्नो जनसंख्या […]

सम्बन्धित सामग्री

रुपन्देही जनसंख्या वृद्धिदरमा दोस्रो

काठमाडौं । जनसंख्या वृद्धिदरको हिसाबले रुपन्देही जिल्ला नेपालको दोस्रो ठूलो जिल्ला भएको छ । रुपन्देहीमा दुई दशमलव ३३ प्रतिशतले जनसंख्या वृद्धि भएको तथ्यांक कार्यालय कपिलवस्तुले नतिजा सार्वजानिक गरेको हो । सबैभन्दा बढी भक्तपुरमा जनसंख्या वृद्धिदर रहेको र त्यसपछि रुपन्देही, चितवन, बाँके र झापा रहेको जनाइएको छ । सबैभन्दा बढी भक्तपुर जिल्लामा तीन दशमलव ३५ प्रतिशत […]

जनसङ्ख्या वृद्धिदरमा रुपन्देही नेपालकै दोस्रो ठूलो जिल्ला

जनसङ्ख्या वृद्धिदरको दृष्टिले रुपन्देही जिल्ला नेपालकै दोस्रो ठूलो जिल्लामा रहेको छ। सबैभन्दा बढी भक्तपुर जिल्लामा जनसङ्ख्या वृद्धिदर रहेको र त्यसपछि क्रमशः रुपन्देही, चितवन, बाँके र झापा रहेका छन् । तथ्यांक कार्यालय कपिलवस्तुले बुधबार भैरहवामा रुपन्देही जिल्लाको नतिजा सार्वजानिक गर्दै रुपन्देहीमा दुई दशमलव ३३ प्रतिशतले जनसङ्ख्या वृद्धि भएको जानकारी दिएको छ। तथ्याङ्क कार्यालयका प्रमुख नन्दलाल कुर्मीका […]

खुला दिशामुक्त जिल्लामा ७०१ परिवार शौचालयविहीन

गुल्मी : खुला दिशामुक्त जिल्ला घोषणा भएको जिल्लामा अझै पनि ७०१ घरपरिवार शौचालयविहीन भएको सार्वजनिक भएको छ।२०७१ सालमा तामझामका साथ तत्कालीन उपराष्ट्रपति परमानन्द झाले खुला दिशामुक्त घोषणा गरेको जिल्लामा अझै पनि ७०१ परिवार शौचालयविहीन भएको राष्ट्रिय तथ्यांक कार्यालय पाल्पाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। जिल्लामा कुल जनसंख्याको १.०६ प्रतिशत घरपरिवार शौचालयविहीन भएको तथ्यांकमा उल्लेख छ।यस्तै गुल्मीमा २०६८ को भन्दा ७८ मा जनसंख्या घटेको पाइएको छ।आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीको सभाहलमा राष

कोशी प्रदेशका १० जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक

धनकुटा : कोशी प्रदेशका १० जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ। २०६८ सालको जनगणनामा जनसंख्याको तुलनामा २०७८ सालको जनगणनामा कोशी प्रदेशका १० वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको पाइएको हो। तथ्यांक कार्यालय धनकुटाले शुक्रबार राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरिय नतिजा सार्वजनिक कार्यक्रमको आयोजना गरेर कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाहेकका जिल्लामा जनसंख्या ऋणात्मक भएको जानकारी दिएको हो।राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशको जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने ज

चितवनमा सातौं कृषि गणना तयारी

चितवन (अस) । चितवनमा सातौं कृषि गणना २०७८ को तयारी सुरु गरिएको छ । केन्द्रीय तथ्यांक विभागको तालिकाअनुसार मंगलबारबाट  जिल्लामा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरिएको छ  । देशलाई नीति बनाउन सहज र कृषिको अवस्थाबारे जानकारी पाउन कृषि गणना गर्न लागिएको हो । ‘समग्र देशको कृषि क्षेत्रको तथ्यांक उपलब्ध गराउने र नीति निर्मातालाई सहयोग पुर्‍याउने उद्देश्य हो’, कार्यालयका तथ्यांक अधिकृत यज्ञमूर्ति भण्डारीले भने,  ‘यसले देशको कृषि अवस्था र अनुसन्धानकर्तालाई समेत सहयोग पुर्‍याउनेछ ।’ ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ नारासहित संघीयतापछिको पहिलो कृषि गणना तयारीअनुसार तथ्यांक कार्यालय चितवनकोे भवनमै कार्यालय स्थापना गरिएको तथ्यांक अधिकृत  भण्डारीले जानकारी दिए । उनका अनुसार तालिकाबमोजिम चैत ९ गते जिल्लामा यस क्षेत्रका सरोकारवाला निकाय, विज्ञ, कृषि शिक्षण संस्था  तथा कृषकसहितको सचेतना कार्यक्रम गर्न लागिएको छ । केन्द्रीय तथ्यांक विभागको तालिकाअनुसार चितवनमा कृषि गणनाका लागि ६४ जना गणक र १६ जना सुपरिक्षक गरी ८० जना खटिनेछन् । गणनाका लागि चैत २५ देखि वैशाख २ गतेसम्म तालिम हुने र वैशाख ६ देखि जेठ १९ सम्म आर्थिक गणना हुने भण्डारीले बताए  । आर्थिक गणनामा लगत १ अनुसार केन्द्रीय तथ्यांकले वैज्ञानिकीकरण विधिबाट गणना क्षेत्रबाट जिल्लामा १७९ गणना क्षेत्र तोकेको छ । यो क्षेत्रमा गणकले सूचीकरणको काम गर्ने र त्यसपछि सुपरिवेक्षकले कृषक घरपरिवारको  गणनाको छनोट गर्नेछन् । त्यसपछि लगत २ मा कृषक घरपरिवारले प्रश्नावली भर्नुपर्नेछ । प्रश्नावलीमा परिचयात्मक खण्ड, कित्ताअनुसार बालीको क्षेत्रफल, जग्गाको उपयोग र  उपभोग, स्थायी र अस्थायी बाली, कृषि, वन र माटो परीक्षण, सिँचाइका साथै पशुपक्षीको गणना गरिने उनले जानकारी दिए । लगत ३ मा सामुदायिक प्रश्नावली रहनेछन् । तथ्यांकपछि कृषि क्षेत्रले  देशको कुल गार्हस्थ्य उत्पादनमा दिने योगदानको परिणाम आउनेछ । २०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषि गणना गरिन्छ । संघीयतापछिको यो पहिलो गणना हो । गणना  कार्यालय चैत १ देखि ०७९ जेठ मसान्तसम्म रहने उनले बताए ।

जनगणनाका लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन

राष्ट्रिय जनगणना– २०७८ का लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन गरिएको छ । जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक परिचालन गरिएको हो । सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम भदौ ३० गतेदेखि आगामी मंसिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सोही बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला तथ्यांक कार्यालय जुम्लाका खरिदार कमला योगीले बताए । ‘पहिलो चरणको कार्यतालिका बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाएका छौं,’ उनले भने । आगामी असोज १८ गतेभित्र घरपरिवारको सूचीकर...

नवलपरासीमा जनगणना जिल्ला कार्यालय स्थापना

राष्ट्रिय जनगणना २०७८ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । जिल्लामा तथ्यांक कार्यालय नभएकाले भाडाको घरमा कार्यालय स्थापना गरिएको हो ।  मंगलवार कावासोतीको थकालीचोकमा जिल्ला कार्यालयको स्थापनासँगै गणक र सुपरीक्षकका लागि हस्तलिखित दारखास्तसमेत आह्वान गरिएको छ । कार्यालय प्रमुख जीतेन्द्र रानाभाटका अनुसार जिल्लामा ४६२ गणक र १०४ सुपरीवेक्षकको आवश्यकता पर्नेछ । दुवै पदका लागि चैत ५ देखि ११ गतेसम्म कार्यालयमा नै पुगेर हस्तलिखित निवेदनसहित दरखास्त फारम भरेर बुझाउन सकि...