रुपन्देही जनसंख्या वृद्धिदरमा दोस्रो

काठमाडौं । जनसंख्या वृद्धिदरको हिसाबले रुपन्देही जिल्ला नेपालको दोस्रो ठूलो जिल्ला भएको छ । रुपन्देहीमा दुई दशमलव ३३ प्रतिशतले जनसंख्या वृद्धि भएको तथ्यांक कार्यालय कपिलवस्तुले नतिजा सार्वजानिक गरेको हो । सबैभन्दा बढी भक्तपुरमा जनसंख्या वृद्धिदर रहेको र त्यसपछि रुपन्देही, चितवन, बाँके र झापा रहेको जनाइएको छ । सबैभन्दा बढी भक्तपुर जिल्लामा तीन दशमलव ३५ प्रतिशत […]

सम्बन्धित सामग्री

यी हुन् सबैभन्दा धेरै र कम जनसंख्या भएका जिल्लाहरू

मोरङ, रुपन्देही, झापा र सुनसरी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ धेरै जनसंख्या भएका जिल्लाहरू हुन् ।

सुनसरी धेरै जनसंख्या भएको पाँचौं जिल्ला, बार्षिक वृद्धिदर १.९४

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार काठमाडाैं, मोरङ, रुपन्देही र झापा पछि सुनसरी जिल्लाको जनसंख्या धेरै देखिएको छ।...

तपा‍ईंको जिल्ला र गाउँ-नगरको जनसंख्या कति ? (विवरणसहित)

जनगणना अनुसार सबैभन्दा धेरै जनसंख्या वृद्धिदर भएका जिल्लाहरु भक्तपुर, रुपन्देही,चितनव, बाँके र सुनसरी रहेका छन् भने जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाहरु रामेछाम, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम रहेका छन् ।

यी हुन् सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिका

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार गाउँपालिकातर्फ बाँकेको बैजनाथमा धेरै जनसंख्या भएको पाइएको छ ।  विभागका अनुसार बैजनाथ गाउँपालिकाको जनसंख्या ७० हजार ३१५ छ ।  गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरूमा बाँके बैजनाथ, राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी हुन् ।

सबैभन्दा बढी जनसंख्या काठमाडौंमा, मनाङमा कम

काठमाडौं : नेपालका ७७ वटै जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा रहेको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको देखाएको छ।  काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ। सबैभन्दा कम जनसंख्या रहेको मनाङमा ५ हजार ६४५ जना रहेका छन्। धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ जिल्लामा रहेका छन्। कम जनसंख्या भएका जिल्लाहरुमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस

काठमाडौंको जनसंख्या २० लाख हुँदा मनाङमा भने जम्मा साढे ५ हजार

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । यसअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको पाइएको छ भने सबैभन्दा कम मनाङमा छ ।  काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ हुँदा मनाङको भने ५ हजार ६४५ रहेको विभागले जनाएको छ । यस्तै सर्वाधिक जनसंख्या रहेका ५ जिल्लामा काठमाडौं, मोरङ, रुपन्देही, झापा र सुनसरी रहेका छन् । सर्वाधिक कम जनसंख्या हुने ५ जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका छन् ।

यी हुन् वार्षिक जनसंख्या वृद्धिदर बढी भएका ५ जिल्ला, ५ जिल्लाको ऋणात्मक

केन्द्रीय तथ्यांक विभागले देशका ५ जिल्लाहरु भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरीको जनसंख्या वृद्धिदर सर्वाधिक रहेको तथ्यांक सार्वजनिक गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार भक्तपुरको वार्षिक वृद्धिदर ३.३२  प्रतिशत रहेको छ । यस्तै रुपन्देहीको २.३०, चितवनको २.१०, बाँकेको १.९७ र सुनसरीको वार्षिक जनसंख्या वृद्धिदर १.९४ प्रतिशत रहेको छ । यस्तै रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुमको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ। जसअनुसार रामेछापको मा

नेपालमा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका १० जिल्ला

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित १० जिल्लामा रहेको जनाएको छ। ती १० जिल्लामा काठमाडौं, ललितपुर, बागलुङ, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, सुनसरी, चितवन र काभ्रेपलाञ्चोरक रहेका छन्। यी जिल्ला सक्रिय संक्रमित बढी रहेका कारण जोखिम पनि बढी रहेको जनाइएको छ।

२२ जिल्लामा संक्रमण डरलाग्दो, अस्पतालमा शैया उपलब्ध गराउन नसकिने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लामा कोरोना संक्रमण फैलने दर डरलाग्दो गरी बढीरहेकोले संवेदनशील बन्न सर्वसाधरणलाई अनुरोध गरेको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमणको जोखिम सबैभन्दा बढी रहेको छ।