प्रदेश नम्बर १ को एमाले संसदीय दलको नेताका लागि आज चुनाव हुँदैछ। त्यहाँ ११ बजेपछि उम्मेदवारी दर्ता सुरु हुनेछ। एमाले एक्लैले बहुमत ल्याएको सो प्रदेशमा संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछ। संसदीय दलको नेताका लागि पूर्वमन्त्री शेरधन राई र भीम आचार्यले उम्मेदवारी दिने भएका छन्। यसअघि दलको नेताको दाबी गरिरहेका जीवन घिमिरेले उम्मेदवारी नदिने भएका छन्।…