डेनमार्क र नेदरल्यान्ड विजयी

लन्डन । बेल्जियमलाई ४-१ अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप-४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे । घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे । जितसँगै नेदरल्यान्डले […] The post डेनमार्क र नेदरल्यान्ड विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ युरोपका जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत युरोपका ४४ देशमा प्रदर्शन हुनेछ । फिल्मलाई युरोपका बिभिन्न देशमा लोकाह फिल्म इन्टरनेशनलले युरोप प्रदर्शन गर्न लागेको हो । फिल्मका निर्देशक परिच्छेद सेन हुन् । आइतबार निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै विदेशी फिल्मझैं ‘प्रेमगञ्ज’ पनि युरोपको हलमा नै प्रदर्शन हुने जानकारी गराएको छ । नेपाल र युरोपमा फिल्म एकसाथ प्रदर्शन हुनेछ ।फिल्मका निर्देशक तथा लेखक परिच्छेद सेनले युरोपमा फ

युरोपका ४४ देशमा प्रदर्शन हुँदैछ बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगन्ज’

काठमाडौं : फिल्म ‘प्रेमगन्ज’ जर्मनी लगायत युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ। यो फिल्म जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत युरोपका ४४ देशमा प्रदर्शन हुने निर्देशक परिच्छेद सेनले जानकारी दिए। ‘प्रेमगन्ज’लाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ले युरोपमा प्रदर्शन गर्दैछ। जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो। अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको…

अष्ट्रेलिया विश्वकपमा छनौट, अन्तिम टिमको टुंगो आज लाग्ने

अष्ट्रेलिया कतारमा हुने विश्वकपमा छनौट भएको छ । मंगलबार भएको प्ले अफ खेलमा पेरुलाई पेनाल्टीमा पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा स्थान पक्का गरेको हो ।निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि पेनाल्टी मार्फत बिजेता छनौट गरिएको हो । पेनाल्टीमा ५-४ गोल अन्तरले अष्ट्रेलिया विश्वकपमा छनौट भएको हो । अब अष्ट्रेलिया विश्वकपको समुह डि मा रहने छ । उक्त समुहमा अष्ट्रेलियासंगै फ्रान्स , डेनमार्क , र ट्युनिसिया रहेका छन् । विश्वकपमा यो अष्ट्रेलियाको छैठौ सहभागिता हुने छ । तर हालसम्म अष्ट्रेलिया समुह चरणभन्दा माथि जान सकेको छैन । यस संगै अब विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टोलीको टुंगो लागेको छ । थप १ टिमको आज लाग्ने छ । आज राति नेपाली समय अनुसार ११:४५ बजे सुरु हुने कोस्टारिका र न्युजिल्यान्डबीचको विजेताले बाँकि रहेको अन्तिम स्थान हात पार्ने छ । यो खेलको बिजेता विश्वकपमा छनौट हुने अन्तिम तथा ३२ औ टिम बन्ने छ ।  विश्वकपको मुख्य प्रतियोगिता २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । कुन देश कुन समुहमा ? समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्ससमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियाअष्ट्रेलियासमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघाना

नेपाली जुत्ता १७ देशमा निर्यात

काठमाडौं । नेपालमा उत्पादित जुत्ता भारतलगायत १७ देशमा निर्यात भइरहेको छ । पहिले भारतमा मात्रै निर्यात हुने नेपाली जुत्ता अहिले खाडीदेखि अमेरिका, बेलायत जापानजस्ता विकसित मुलुकसम्म पुग्न थालेको छ । परिमाण कम भए पनि नेपाली जुत्ताले अन्तरराष्ट्रिय बजारमा प्रवेश पाएसँगै स्वदेशी जुत्ता उत्पादकहरू उत्साहित छन् । सरकारको सहयोग र साथ पाए परिमाणका साथै थप देशमा निकासी गर्न सकिने उनीहरूको भनाइ छ । जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरे अहिले स्वदेशी उद्योगहरूले क्षमताभन्दा कम परिमाणमा जुत्ता उत्पादन गरिरहेको बताउँछन् । व्यवसायीले नै विदेशमा बजार खोजेर जुत्ता निर्यात गर्दै आएको उनले जानकारी दिए । भारतमा मात्रै सीमित जुत्ता निकासी अहिले १७ भन्दा बढी देशमा पुगेको भन्दै उनले सरकारले सहयोग गरे निर्यातको परिमाण बढाउन सकिने जानकारी दिए । ‘पहिला गुणस्तर कमजोर हुँदा निर्यात गर्न समस्या थियो,’ उनले भने, ‘अहिले अन्तरराष्ट्रिय स्तरको उत्पादन र गुणस्तरमा व्यवसायी सचेत हुँदा निर्यात र माग बढेको हो ।’ विविध कारणले नेपाली जुत्ता मूल्यमा प्रतिस्पर्धी भने हुन नसकेको उनले बताए । नेपाली जुत्ता उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक १६ करोड जोर उत्पादन हुन्छ । २०७० सालयता नेपालमा जुत्ता उत्पादनले गति लिन थालेको सम्बद्ध व्यवसायी बताउँछन् । कोरोनाको २ वर्षमा यस क्षेत्रमा थप लगानी आएको र सरकारले पनि फुटवेयरलाई प्राथमिकता दिएकाले सम्भावना राम्रो देखिएको छ । व्यवसायीका अनुसार यो क्षेत्रमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । १ हजार ५०० उद्योग सञ्चालनमा छन् । नेपालको आन्तरिक माग वार्षिक १० करोड जोर हो । अध्यक्ष घिमिरेका अनुसार पछिल्लो समयमा ३ करोड जोरभन्दा बढी जुत्ता विभिन्न देशमा निर्यात भएको छ । विदेशमा रहेका सरकारी नियोग, वाणिज्य दूतावास जस्ता निकायहरूले छुट्टै डेस्क राखेर  प्रवर्द्धनमा सहयोग गरे जुत्ता निर्यातको अंक बढाउन सकिने र दीर्घकालीन निकासीको आधार तयार हुने फुटवेयर व्यवसायी बताउँछन् । अस्थिर ब्याजदर र औद्योगिक कर्जाको व्यवस्था नहुँदा समस्या परेको उनीहरूको गुनासो छ । बिजुली अभावमा डिजेलबाट उत्पादन गर्नुपर्दा, जग्गाको मूल्य, उत्पादनमा प्रविधिभन्दा जनशक्तिको बढी प्रयोग, ढुवानी र कार्गाे मूल्यका कारण नेपालको उत्पादन अन्य देशको तुलनामा महंगो भएको घिमिरेको भनाइ छ । विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्र जस्ता स्थानमा उद्योग लगाउन समस्या हुँदा जग्गाकै मूल्य बढी पर्ने उनले बताए । अहिले नै पूर्ण क्षमतामा फुटवेयर उद्योग सञ्चालन गर्न सके नेपालको आन्तरिक माग धानेर पनि निर्यात गर्न सक्ने क्षमता रहेको घिमिरे दाबी गर्छन् । अहिले उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन पाएका छैनन् । ‘जुत्ता उद्योगहरूले कुल क्षमताको ३५ देखि ४० प्रतिशतसम्म मात्रै उत्पादन गर्छन्,’ उनले भने, ‘यसले आन्तरिक मागको ६५ प्रतिशतसम्म धान्छ ।’ सरकारले सहयोग गरे आन्तरिक माग पूरा हुने र बाँकी ३५ प्रतिशत आयात प्रतिस्थापन गर्न सकिने उनको भनाइ छ । ‘फुटवेयरमा अहिले प्रत्यक्ष रूपमा ५० हजारभन्दा बढीले रोजगारी पाएका छन्,’ घिमिरेले भने, ‘राज्यले सहयोग गरे यसलाई ७५ हजार पुर्‍याउन सकिन्छ ।’ जुत्ता उद्योगमा स्वदेशी जनशक्तिलाई रोजगारी दिन तालीम केन्द्र खोल्नुपर्ने आवश्यकता उनले औंल्याए । अहिले नेपाली जुत्ता उद्योगमा काम गर्नेमध्ये ७० प्रतिशत भारतीय छन् । उनीहरूको न्यूनतम पारिश्रमिक मासिक ४० हजार रुपैयाँ हुन्छ । नेपालीहरू भने सोही रकमका लागि विदेशिइरहेको भन्दै घिमिरेले स्वदेशमा रोजगारी सृजना गर्न सरकारले तालीम केन्द्र खोल्नुपर्ने र माध्यमिक तहदेखि नै जुत्तासम्बन्धी पाठ्यक्रम राख्नुपर्ने बताए । संघका अध्यक्ष घिमिरेका अनुसार अन्य देशमा प्रतिदिन प्रतिकामदार जुत्ता उत्पादन १० जोर छ । नेपालमा ३ जोर मात्रै छ । भारत, भियतनामजस्ता देशले पाठ्यक्रममै राखेर स्कूल, कलेजमा जुत्तासम्बन्धी अध्ययन गराउँछन् । भन्सार विभागका अनुसार गत चैत मसान्तसम्ममा नेपालबाट भारत, स्वीट्जरल्यान्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका, अस्ट्रेलिया, चीन, भुटान, जापान, अस्ट्रिया, क्यानडा, डेनमार्क, मलेशिया, नेदरल्यान्ड, नर्वे, कतार, बेलायत, स्पेनजस्ता देशमा जुत्ता निर्यात भएको छ । यसबाट ८६ करोड ३६ लाख ८९ हजार रुपैयाँभन्दा बढी आर्जन भएको छ । सरकारका पूर्वसहसचिव रवि सैंजू जुत्ता निर्यातको सम्भावना राम्रो रहेको बताउँछन् । सरकारले बनाएका विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्रमा यी उद्योगलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । नेपाली जुत्ता विश्व बजारका साथै आन्तरिक बजारमा पनि खपतको सम्भावना रहेको उनले बताए । आन्तरिक बजारका उपभोक्ताले पनि अचेल स्वदेशी जुत्ता रुचाउन थालेको भन्दै उनले जुत्ताको आयात प्रतिस्थापन गर्नेतर्फ सबै पक्षले ध्यान दिनुपर्ने बताए । ‘निर्यातका लागि उनीहरूलाई सरकार, दातृ निकाय तथा विदेशी नियोगको सहयोग चाहिन्छ,’ सैंजूले भने, ‘सरकारी नेटवर्कबाट पनि मार्केटिङका लागि सहयोग हुनुपर्छ ।’ स्वदेशी उद्योगकै कारण जुत्तामा नेपाल ६५ प्रतिशत आत्मनिर्भर भइसकेको छ । यो उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि जुत्ताचप्पल उत्पादनसम्बद्ध संघसंस्थाले वार्षिक २ पटक काठमाडौंमा ठूलो मेला गर्छन् । नेपालमा गोल्डस्टार, रोयल सुज, शिखर, हिललाइफ, क्रसरोड, स्मार्ट सुज, रन सुज, कोशेली, बेम्बो सुज, बोस, फुटस्टेप, केटीएम सुज, क्यालिबरजस्ता ब्रान्डमा जुत्ता उत्पादन हुन्छ ।

विश्व प्रेस स्वतन्त्रताको चुनौती

पत्रकारका लागि सबभन्दा सुरक्षित देश फिनल्यान्ड मानिएको छ भने नर्वे, डेनमार्क, नेदरल्यान्ड, स्वीडेनलगायतका २० देश राम्रो मानिएका छन् । प्रत्येक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा विश्वभरि मनाउने गरिएको हो । यसमा स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ‘विन्डहक घोषणापत्र’ जारी गरिएको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । युनेस्कोको आयोजनामा अफ्रिकी […]

नेपाली राहदानी विश्वको सातौं कमजोर, जापानी राहदानी विश्वको सबैभन्दा बलियो

चैत २८, काठमाडौं ।   नेपालको राहदानी विश्वको सबैभन्दा कमजोर राहदानीको सूचीमा परेको छ । बेलायतको नागरिकता तथा आवाससम्बन्धी परामर्शदाता कम्पनी हेन्ली एन्ड पार्टनर्सले आइतवार सार्वजनिक गरेको विश्वभरका राहदानी सम्बन्धी एउटा सूचकांकले यस्तो देखाएको हो । सूचिअनुसार नेपाली राहदानी सूचीको सबैभन्दा पुछारमा सातौं स्थानमा छ ।  ११२ देश तथा क्षेत्र सूचीकृत यो सूचीमा नेपाल १०६ औं स्थानमा छ । उक्त स्थानमा नेपालसँग प्यालेष्टाइन भू-भाग पनि रहेको छ । नेपालको राहदानीलाई विश्वको ३७ देशमा अनअराइभल भिसा छ । अर्थात् नेपाली राहदानी बोक्नेहरुले ३७ देशमा मात्रै बिना भिसा यात्रा गर्न सक्छन् । यस मामिलामा नेपाल उत्तर कोरियाभन्दा पनि कमजोर छ । सूचीमा नेपालभन्दा ठिक माथि रहेको उत्तर कोरियाली राहदानीलाई ३९ देशमा त्यस्तो सुविधा छ ।  नेपालभन्दा तल १०७ औंदेखि ११२ स्थानमा क्रमशः सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छ । सन् २०२१ को सूचिमा ३८ देशमा अन अराइभल भिसासहित नेपाल १०९ औं स्थानमा थियो । यस वर्षको सूचीमा जम्मा ११६ देश तथा भुभागलाई सूचीकृत गरिएकोमा यस वर्ष यो संख्या घटेर ११२ मा सीमित भएको छ ।  यस अघिका वर्ष झैं यस वर्ष पनि जापानी राहदानी विश्वको सबैभन्दा बलियो राहदानी हो । जापानी राहदानीलाई १९२ देशमा भिसा  बिनै पनि प्रवेशको अनुमति छ । शीर्ष स्थानमा जापानसँगै सिंगापुर पनि रहेको छ । सूचीको दोस्रो स्थानमा दक्षिण कोरिया र जर्मनी छन् । यी दुबै देशको राहदानीलाई १९० देशमा अन–अराइभल भिसा दिइन्छन् । अर्थात् यात्रा गर्नु अगाडि भिसा लगाइराख्नु पर्दैन ।  तेस्रो स्थानमा फिनल्यान्ड, इटली, लक्जम्बर्ग र स्पेन छन् । चौथौमा अष्ट्रिया, डेनमार्क, नेदरल्यान्ड र स्वीडेन छन् । बेलायत पोर्चुगल, आयरल्यान्ड र फ्रान्ससँग पाँचौ स्थानमा छ । अमेरिका स्वीटजरल्यान्ड, नर्वे, न्यूजिल्यान्ड र बेल्जियमसहित विश्वको छैठौं शक्तिशाली राहदानीको सूचीमा छ । भारत सूचिको ८४ औं स्थानमा छ भने चीन ६६ औं स्थानमा । पछिल्लो समय चरम आर्थिक संकटका डुबेको श्रीलंका सूचीको १०३ औं स्थानमा छ । बंगलादेश र पाकिस्तान पनि क्रमशः १०४ र १०९ औं स्थानमा छ । सूचीको पुछारमा अफगानिस्तान छ ।

कतार २०२२ विश्वकप ड्र सार्वजनिक : कुन टिम कुन समूहमा ?

कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ। कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’ मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो। फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको हो। विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिएको छ। समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्स/स्कटल्याण्ड/युक्रेनसमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियायुएई/अष्ट्रेलिया/पेरूसमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघानायसरी गरिएको थियो छनोटपोट १ कतारइङ्ल्यान्डअर्जेन्टिनाफ्रान्सस्पेनबेल्जियमब्राजिलपोर्चुगलपोट २ :मेक्सिकोनेदरल्यान्ड्सडेनमार्कजर्मनीउरुग्वेस्वीजरल्यान्डअमेरिकाक्रोएसियापोट ३ :सेनेगलइरानजापानमोरोकोसर्बियापोल्यान्डकोरियाटुनिसियापोट ४ :क्यामरूनक्यानडाइक्वेडरसाउदी अरेवियाघानाअन्तर्राष्ट्रिय प्लेअफ १ र २ बाट आएका दुई टोलीयूईएफए प्लेअफको विजेता