नेपाली राहदानी विश्वको सातौं कमजोर, जापानी राहदानी विश्वको सबैभन्दा बलियो

चैत २८, काठमाडौं ।   नेपालको राहदानी विश्वको सबैभन्दा कमजोर राहदानीको सूचीमा परेको छ । बेलायतको नागरिकता तथा आवाससम्बन्धी परामर्शदाता कम्पनी हेन्ली एन्ड पार्टनर्सले आइतवार सार्वजनिक गरेको विश्वभरका राहदानी सम्बन्धी एउटा सूचकांकले यस्तो देखाएको हो । सूचिअनुसार नेपाली राहदानी सूचीको सबैभन्दा पुछारमा सातौं स्थानमा छ ।  ११२ देश तथा क्षेत्र सूचीकृत यो सूचीमा नेपाल १०६ औं स्थानमा छ । उक्त स्थानमा नेपालसँग प्यालेष्टाइन भू-भाग पनि रहेको छ । नेपालको राहदानीलाई विश्वको ३७ देशमा अनअराइभल भिसा छ । अर्थात् नेपाली राहदानी बोक्नेहरुले ३७ देशमा मात्रै बिना भिसा यात्रा गर्न सक्छन् । यस मामिलामा नेपाल उत्तर कोरियाभन्दा पनि कमजोर छ । सूचीमा नेपालभन्दा ठिक माथि रहेको उत्तर कोरियाली राहदानीलाई ३९ देशमा त्यस्तो सुविधा छ ।  नेपालभन्दा तल १०७ औंदेखि ११२ स्थानमा क्रमशः सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छ । सन् २०२१ को सूचिमा ३८ देशमा अन अराइभल भिसासहित नेपाल १०९ औं स्थानमा थियो । यस वर्षको सूचीमा जम्मा ११६ देश तथा भुभागलाई सूचीकृत गरिएकोमा यस वर्ष यो संख्या घटेर ११२ मा सीमित भएको छ ।  यस अघिका वर्ष झैं यस वर्ष पनि जापानी राहदानी विश्वको सबैभन्दा बलियो राहदानी हो । जापानी राहदानीलाई १९२ देशमा भिसा  बिनै पनि प्रवेशको अनुमति छ । शीर्ष स्थानमा जापानसँगै सिंगापुर पनि रहेको छ । सूचीको दोस्रो स्थानमा दक्षिण कोरिया र जर्मनी छन् । यी दुबै देशको राहदानीलाई १९० देशमा अन–अराइभल भिसा दिइन्छन् । अर्थात् यात्रा गर्नु अगाडि भिसा लगाइराख्नु पर्दैन ।  तेस्रो स्थानमा फिनल्यान्ड, इटली, लक्जम्बर्ग र स्पेन छन् । चौथौमा अष्ट्रिया, डेनमार्क, नेदरल्यान्ड र स्वीडेन छन् । बेलायत पोर्चुगल, आयरल्यान्ड र फ्रान्ससँग पाँचौ स्थानमा छ । अमेरिका स्वीटजरल्यान्ड, नर्वे, न्यूजिल्यान्ड र बेल्जियमसहित विश्वको छैठौं शक्तिशाली राहदानीको सूचीमा छ । भारत सूचिको ८४ औं स्थानमा छ भने चीन ६६ औं स्थानमा । पछिल्लो समय चरम आर्थिक संकटका डुबेको श्रीलंका सूचीको १०३ औं स्थानमा छ । बंगलादेश र पाकिस्तान पनि क्रमशः १०४ र १०९ औं स्थानमा छ । सूचीको पुछारमा अफगानिस्तान छ । 

सम्बन्धित सामग्री

अझै कमजोर नेपाली राहदानी

राहदानीको विश्वसनीयता सम्बन्धित देशको वैश्विक छवि र इज्जतसँग जोडिन्छ। देशका नागरिकले यात्रा गर्दा र गन्तव्यमा रहँदा पारिपालन गर्ने अनुशासनले राहदानीको विश्वासनीयता निर्धारण गर्छ।...

लिबिया र उत्तर कोरियाको भन्दा पनि कमजोर नेपाली राहदानी, किन कमजोर बनिरहेको छ ?

नेपालको राहदानी विश्वका राहदानीहरूमध्ये ‘आठौं कमजोर’ राहदानीको रुपमा सूचीकृत भएपछि यसबारे चर्चा बढेको छ । ‘द हेन्ली राहदानी इन्डेक्स’ले विश्वका सबैभन्दा शक्तिशाली तथा कम शक्तिशाली राहदानीको नाम सहितको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा विश्वका शक्तिशाली राहदानीहरूको सूचीमा नेपाल ९९ औं स्थानमा परेको छ । ‘द हेन्ली राहदानी इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली राहदानीको […]

पोर्चुगलमा ५५ सय नेपाली राहदानीविहीन

काठमाडौं, माघ २० । मनग्य पैसा कमाउने सपना बोकेर बागलुङका योगेन्द्र थापा क्रोसिया, रोमानिया, साइप्रस हुँदै युरोपेली मुलुक पोर्चुगल पुगे। थापा पोर्चुगल पुग्दा बीचबाटोमै राहदानी हरायो। जेनतेन पोर्चुगल त पुगे तर अहिले नेपाली राहदानी नहुँदा थापाले काम पाउन सकेका छैनन्। ‘बीचबाटोमा अर्कोलाई राख्न दिएको राहदानी हरायो,’ थापाले पोर्चुगलबाट नागरिकसँग भने, ‘अहिले राहदानी नहुँदा काम पाइएको […]

राहदानी पनि फिर्ता गरे रवि लामिछानेले

रवि लामिछानेले आफूले प्रयोग गर्दे आएको नेपाली राहदानी पनि फिर्ता गरेका छन्। आइतबार पुरानै नागरिकता कायम गराउन सफल भएका उनले राहदानी पनि फिर्ता गरेका हुन्।

रविको राहदानीबारे प्रहरीले गर्नसक्छ अनुसन्धान

१३ माघ, काठमाडौं । सर्वोच्च अदालत, संवैधानिक इजलासले रवि लामिछानेसँग नेपाली नागरिकताको प्रमाणपत्र नभएको ठहर गरेसँगै उनले सांसद, मन्त्री र पार्टी सभापति पद गुमाएका छन् । साथै उनले अमेरिकी नागरिकता परित्याग नगर्दै नेपाली राहदानी लिएकोमा फौजदारी अभियोग खेप्नुपर्ने देखिएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः कायम गर्न नागरिकता ऐन र नियमावली अनुसारको […]

लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान !

काठमाडौं । सामाजिक सञ्जालबाट सम्पर्कमा आइ ‘लोभ’ देखाएर नागरिकता र राहदानी लिने तथा नगद माग गर्ने व्यक्तिदेखि विशेष सावधानी रहन प्रहरीले सबैमा अनुरोध गरेको छ । पछिल्लो समयमा बैंकिङ कसुर मुद्दामा वृद्धि भएको तथा वैदेशिक रोजगार, अध्ययनमा जानुपूर्व बैंक ब्यालेन्स, नेपाली राहदानी, नागरिकता प्रमाणपत्रलगायतका कागजात आवश्यक पर्ने भनी ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यसतर्फ […] The post लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ने‍पाली राहदानी विश्वकै कमजोर सूचीमा

काठमाडौँ- विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री अध्ययनमा देखाइए अनुसार नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको हो । अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १०६ औं स्थानमा राखेको छ । जापान एक नम्बरमा रहँदै विश्वभर उत्कृुष्ट पासपोर्टमा पर्न सफल […]

नेपाली पासपोर्ट विश्वकै कमजोर सूचीमा

४ साउन, काठमाडौं । विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ७औं स्थानमा देखिएको छ । पहुँचको आधारमा ११२ र्‍याङ्कमा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १०६ औं र्‍याङ्कमा छ । यसअनुसार र्‍याङ्किङको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको […]

सरकार नेपाली पासपाेर्टकाे सम्मान बढाउन लागिपर्छ : मन्त्री खड्का

काठमाण्डाै – परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानी (पासपाेर्ट) को सम्मान बढाउन लागिपर्ने बताउनुभएको छ ।  आज बुधवार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री खड्काले विगतका दिनमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपरेको स्वीकार गर्दै अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताउनुभएको हो । देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उहाँले बताउनु...

राहदानीले नधानेको नेपाली स्वाभिमान

नेपालीहरूको ध्यान मुलुकको हैसियत र इज्जत प्रवद्र्धनमा भन्दा नेपाली राहदानी त्याग्नमा बढी छ ।