युद्दको मारमा परेको युक्रेनलाई फुटबलले दियो खुसि, अब एक खेल जिते विश्वकप खेल्न पाउने

युद्दको सामना गरिरहेको युक्रेनलाई फुटबलले केहि खुसि दिएको छ । युक्रेनको राष्ट्रिय फुटबल टोलीले कतारमा हुने विश्वकप छनौट खेलमा स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपमा छनौट हुने सम्भावना कायम नै राखेको हो । युक्रेनले स्कटल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । अब युक्रेनले आगामी जुन ५ तारिखमा वेल्ससँग प्ले अफ खेल खेल्ने छ । त्यस खेलको बिजेताले कतारमा हुने विश्वकपमा सहभागिता जनाउन पाउने छ । कतार विश्वकपको लागि समुह बिभाजन भईसकेको छ । युक्रेन र वेल्सबीचको खेलको बिजेताले विश्वकपमा समुह बि मा स्थान बनाउने छ । त्यस समुहमा इंग्ल्यान्ड, इरान र युएसए छन् । युक्रेनमाथि रुसले आक्रमण गरेसंगै यो खेल २ महिना पछाडी सारिएको थियो । फिफाले भने रुसलाई प्रतिबन्ध लगाईसकेको छ । विश्वकपमा कुन टिम कुन समुहमा ? समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडरसमूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स/युक्रेन (प्ले अफ खेल हुन् बाँकि)समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको , पोल्याण्ड, साउदी अरेबियासमूह ‘डी’ : फ्रान्स, डेनमार्क, ट्यूनिसिया, युएई/अष्ट्रेलिया/पेरू (प्ले अफ खेल हुन् बाँकि)समूह ‘ई’ : स्पेन, जर्मनी, जापान, कोष्टारिका/न्यूजिल्याण्ड (प्ले अफ खेल हुन् बाँकि)समूह ‘एफ’ : बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्कोसमूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरूनसमूह ‘एच’ : पोर्चुगल, उरुग्वे , दक्षिण कोरिया, घाना विश्वकपको मुख्य प्रतियोगिता भने २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । 

सम्बन्धित सामग्री

विश्वकप फुटबलमा आज पनि चार खेल

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबार चार खेल हुँदैछ।मंगलबार समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुन लागेको हो।  समूह ‘ए’ र र ‘बी’ का दुई–दुई खेल हुनेछ।समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ। समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्याण्डबीच खेल हुँदैछ। यी खेल राति पौने १२ बजे सुरु हुनेछ मा हुनेछ । यी चारै खेलब

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं, मंसिर १० । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दोस्रो […]

विश्वकप फुटबलः आज तीन खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा […]

विश्वकप फुटबल- तीन खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा …

विश्वकप फुटबलमा आज तीन खेल हुने, को-को भिड्दैछन्?

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ। कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ। पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बेलुका ६ : ४५ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा […]

विश्वकप फुटबलमा आज तीन खेल

काठमाडौं : विश्वकप फुटबलमाआज सोमबार तीन खेलहरु हुँदैछन्। कतार विश्वकपमा सोमबार समूह एको एक खेल हुँदैछ। यस्तै समूह बी को दुई खेल हुने तालिका रहेको छ।सोमबार हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ। इंग्ल्यान्ड र इरानबीचको खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ। समूह बी मा रहेको इंग्ल्यान्ड र इरान जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ।समूह बी अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ। अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। त्यस्तै समूह एु अन्तर्गत सेनेग

नेपालमा चुनाव हुने दिन विश्वकप फुटबलको उद्घाटन खेल

फिफा विश्वकप फुटबलको उद्घाटन र  पहिलो खेल निर्धारित मितिभन्दा  एक दिन अगाडि हुने भएको छ । रोयटर्सले दिएको जानकारी अनुसार उद्घाटन  खेल नोभेम्बर २० मा हुने भएको हो । कतार फुटबलले यसअघि २१ नोभेम्बरमा उद्घाटन र त्यससम्बन्धी खेल हुनेगरी तालिका तय गरेको थियो ।तर, हाल आएर एक दिन अघि विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल सुरु हुने स्रोतलाई उदृत गर्दै रोयटर्सले खबर छापेको छ । सामान्यतया प्रतियोगिताको पहिलो खेलको किक अफ हुनुअघि उद्घाटन समारोह गरिन्छ ।पहिलो दिनमा नै सेनेगल र नेदरल्या

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ ।सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै […]

विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक, भारतको पहिलो खेल पाकिस्तानसँग

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । युएई र ओमानमा संयुक्त रुपमा हुन लागेको प्रतियोगिताको खेल तालिका अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको हो । विश्वकप क्रिकेट अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुँदैछ । सार्वजनिक खेल तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने भएको छ । सुपर १२ […]

नेपालले खेल्ने विश्वकप छनोटका खेल कुवेतमा हुने

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ । छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी) ले जनाएको छ । विश्वकप छनोटअन्तर्गत समुह बी का बाँकी खेल कुवेतमा हुने भएको हो । कोरोना भाइरसको महामारीका कारण चाइनीज ताइपेइ र अष्ट्रेलियाले आउन मनाही गरेपछि दशरथ रङ्गशालामा हुने भनिएका खेल स्थगित भएका थिए । छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ तारिखसम्म हुनेछन् । प्रतियोगितामा नेपालले चाइनीज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । समूह ‘बी’ मा रहेको नेपालले हालसम्म पाँच खेलबाट तीन अङ्क जोडेको छ । चाइनीज ताइपेइलाई हराएको नेपाल चौथो स्थानमा छ । समूह बी को शीर्ष स्थानमा अष्ट्रेलिया छ । (रासस)