अष्ट्रेलिया विश्वकपमा छनौट, अन्तिम टिमको टुंगो आज लाग्ने

अष्ट्रेलिया कतारमा हुने विश्वकपमा छनौट भएको छ । मंगलबार भएको प्ले अफ खेलमा पेरुलाई पेनाल्टीमा पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा स्थान पक्का गरेको हो ।निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि पेनाल्टी मार्फत बिजेता छनौट गरिएको हो । पेनाल्टीमा ५-४ गोल अन्तरले अष्ट्रेलिया विश्वकपमा छनौट भएको हो । अब अष्ट्रेलिया विश्वकपको समुह डि मा रहने छ । उक्त समुहमा अष्ट्रेलियासंगै फ्रान्स , डेनमार्क , र ट्युनिसिया रहेका छन् । विश्वकपमा यो अष्ट्रेलियाको छैठौ सहभागिता हुने छ । तर हालसम्म अष्ट्रेलिया समुह चरणभन्दा माथि जान सकेको छैन । यस संगै अब विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टोलीको टुंगो लागेको छ । थप १ टिमको आज लाग्ने छ । आज राति नेपाली समय अनुसार ११:४५ बजे सुरु हुने कोस्टारिका र न्युजिल्यान्डबीचको विजेताले बाँकि रहेको अन्तिम स्थान हात पार्ने छ । यो खेलको बिजेता विश्वकपमा छनौट हुने अन्तिम तथा ३२ औ टिम बन्ने छ ।  विश्वकपको मुख्य प्रतियोगिता २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । कुन देश कुन समुहमा ? समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्ससमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियाअष्ट्रेलियासमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघाना

सम्बन्धित सामग्री

विश्वकप फुटबल : आज पनि चार खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा  बुधबार चार खेल हुँदैछन्। समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेल हुन लागेको हो।समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ। यी खेलबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ। यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पो

कतार विश्वकप फुटबलमा छनोट भएका ३२ टोलीकै टुंगो लाग्यो नामसहित

काठमाडौं, १ असार । कतारमा यसै वर्ष हुने विश्वकप फुटबलमा ३२ टोलीकै टुंगो लागेको छ । गएराति कोस्टारिकाले न्युजिल्यान्डलाई १-० ले पराजित गरी विश्वकपको यात्रा तय गरेपछि टोलीहरुको टुंगो लागेको हो । मङ्गलबार राति अष्ट्रेलिया छनोट भएको छ । उसले पेनाल्टी सुटआउटमा दक्षिण अमेरिकाको पाचौं टोलीलाई पराजित गरी कतारको यात्रा तय गरेको हो । यसपटक […]

एसियाबाट अष्ट्रेलिया र यूएईले प्ले अफ खेल्ने, ४ राष्ट्र विश्वकपमा पक्का

काठमाडौँ – कतार विश्वकप २०२२ का लागि एसियाबाट सहभागिता जनाउने चार टोलीको टुंगो लागिसकेको छ। आयोजक कतार स्वतः विश्वकपमा स्थान बनाउँदा एक टोलीको भने सम्भावना प्लेअफबाट निर्धारण हुनेछ। एसियाबाट इरान, दक्षिण कोरिया, साउदी अरबिया र जापानले छनोट चरणबाट सिधै विश्वकपमा स्थान बनाए। अब प्लेअफबाट एक टोलीको सम्भावना रहन्छ। त्यसका लागि प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ। […]

बेइजिङ ओलम्मिक : १५ स्वर्णको टुंगो लाग्यो

काठमाडौं : चीनको बेइजिङमा जारी शितकालीन ओलम्पिकमा  १५ स्वर्ण पदकको टुंषे लागेको छ। हालसम्म रुस ओलम्पिक कमिटी (आरओसी) पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।आरओसीले  स्वर्ण, दुई रजत र दुई कास्य गरी जम्मा ६ पदक हात पार्न जितेको छ।  नर्वेले भने दुई स्वर्ण र एक कास्य जितेको छ। स्वीडेनले पनि दुई स्वर्ण हात पार्न सफल भएको छ। जर्मनी र नेदरल्यान्ड्सले समान एक–एक स्वर्ण र एक–एक रजत जितेका छन्। जापानले एक स्वर्ण र दुई कास्य हात पारेको छ। अष्ट्रेलिया र स्लोभेनियाले समान

ट्वान्टी–२० विश्वकप २०२२ मा सुपर–१२ खेल्ने आठ टोलीको टुंगो लाग्यो

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर–१२ खेल्ने टोलीको टुंगो लागेको छ । शनिबार वेस्ट इन्डिज र अष्ट्रेलियाबीच सम्पन्न खेलको नतिजाले सन् २०२२ मा सुपर–१२ खेल्ने आठ टोलीको टुंगो लागेको हो । आयोजक अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले २०२२ का लागि सुपर–१२ मा सिधै स्थान बनाएका...

आईसीसी टी-२० विश्वकप : समूह एकबाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइन प्रवेश

२१ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड र अष्ट्रेलिया अन्तिम चार अर्थात सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह एकबाट यी दुई टिम समान ८/८ अंकका साथ समूह विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगेका हुन् । शनिबार राति भएको समूहका अन्तिम दुई खेलको नतिजा आएसँग सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो […]

न्यूजिल्याण्ड र अष्ट्रेलियाबीच पाँच खेलको टी २० सिरिज २-२ को बराबरीमा

न्यूजिल्याण्ड र अष्ट्रेलियाबीच पाँच खेलको टी २० सिरिज २-२ को बराबरीमा पुगेको छ। चौथो खेलमा अष्ट्रेलिया ५० रनले विजयी भएपछि उपाधिको टुंगो अन्तिम खेलमा लाग्ने भएको हो।

विमन्स विश्वकपको फाइनलमा भारत र अष्ट्रेलिया भिड्ने

लिग चरणमा खेल जितेको आधारमा भारत फाइनलमा पुगेको टुंगो लगाइएको हो । लिग चरणमा भारतले अष्ट्रेलिया, श्रीलङ्का, बङगलादेश र न्युजिल्याण्डलाई हराएर सेमीफाइनलको यात्रा तय गरेको थियो ।

लक्की शेर्पा अष्ट्रेलिया फर्किइन्

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाल अष्ट्रेलिया फर्किएकी छन्। एक महिनासम्म पनि आफ्नो विषयमा टुंगो नलागेपछि राजदूत लक्की शेर्पा अस्ट्रेलिया फर्किएकी छन्।परराष्ट्र अधिकारीका अनुसार गत सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो छलफल गरेपछि उनी मंगलबार अस्ट्रेलिया फर्किएकी हुन्।

२०१९ को विश्वकपको खेल तालिका सार्वजनिक

आइसिसिले आगामी वर्ष सन् २०१९ को मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकपको खेल तालिका बिहिबार सार्वजनिक गरेको छ। भारतको कोलकतामा बिहिबार बसेको आइसिसिको बोर्ड बैठकले खेल तालिकाको टुंगो लगाएको हो। खेल तालिका अनुसार उद्घाटन खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच ओभल क्रिकेट मैदानमा हुनेछ। विश्वकपमा अष्ट्रेलिया, बंगलादेश, इग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका,…