काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने भएका छन्। ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओली आज बालकोट सर्न लागेका हुन्। २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सरेका थिए। सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज सरकारी निवास छाड्न लागेका हुन्। ओलीलाई युवा संघ नेपालले करिब २ हजार गाड