फागुनमा २२ कम्पनीका बोनस र हकप्रद सेयर सूचीकृत

१२ चैत, काठमाडौं । फागुन महिनामा विभिन्न २२ कम्पनीको बोनस र हकप्रद सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेको तथ्यांकअनुसार फागुनमा २० कम्पनीको बोनस सेयर र दुई कम्पनी माथिल्लो तामाकोशी तथा घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो । ती कम्पनीका कुल १७ करोड १७ लाख ३५ हजार ७५१ कित्ता सेयर सूचीकृत भएको […]

सम्बन्धित सामग्री

वैशाखमा थपिए ३ करोड २२ लाख कित्ता सेयर

९ जेठ, काठमाडौं । वैशाख महिनामा धितोपत्र दोस्रो बजारमा कुल ३ करोड २२ लाख ६६ हजार ९६९ कित्ता सेयर थपिएको छ । वैशाखमा ५ कम्पनीका बोनस सेयर र हकप्रद सेयर सूचीकृत भएका हुन् । नेप्सेका अनुसार …

एघार महिनामा ३ खर्ब रूपैयाँ बराबरको धितोपत्र सूचीकृत

चालु आर्थिक वर्षको एघार महिनामा करिब ३ खर्ब रुपैयाँ बराबरको थप धितोपत्र नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)मा सूचीकृत भएका छन् । उक्त अवधिमा साधारण सेयर, विकास ऋणपत्र, डिबेञ्चर, बोनस सेयर, हकप्रद सेयर र सामुहिक लगानी कोष गरी कुल २ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको हो ।

आठ महिनामा साढे २ खर्बको धितोपत्र सूचीकृत

चालु आर्थिक वर्षको आठ महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । उक्त अवधिमा साधारण सेयर, विकास ऋणपत्र, बोनस सेयर, सामुहिक लगानी कोष इकाइ र हकप्रद सेयर गरी २ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ ।

बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा धितोपत्र बजार पँुजीकरण २७खर्ब ६३ अर्ब ६६ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । नेपाल राष्ट्र बैङ्कको चालू आर्थिक वर्षको पाँच महिनामा आधारित तथ्याङ्कअनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ मङ्सिरसम्ममा सूचीकृत पाँच अर्ब ६१ लाख सङ्ख्याको सेयर चुक्ता मूल्य ४९१ अर्ब २४ करोड रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनामा एक खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, ११ अर्ब ४१ करोड बराबरको साधारण सेयर, पाँच अर्ब ८० करोड बराबरको बोनस सेयर, सात अर्ब बराबरको डिबेन्चर, दुई अर्ब ५० करोड बराबरको हकप्रद सेयर, ६५ करोड बराबरको म्युचुअल फन्ड गरी कुल एक खर्ब ७७ अर्ब ३७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

बजारमा एकै दिन २ करोड कित्ता सेयर सूचीकृत

३ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमवार एकै दिन (विहानसम्म)मा २ करोड ६४ हजार ६ सय ८८ कित्ता सेयर सूचकिृत भएको छ । ५ कम्पनीको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको हो । अरुण फाइनान्सको १५ लाख कित्ता र सप्तकोशी बिकास बैंकको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर सूचीकरण …

पहिलो त्रैमासमा २३ अर्बको सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गत असोज मसान्तसम्ममा २३ अर्ब रुपैयाँबराबरको सेयर सूचीकृत भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २० करोड बराबरको साधारण सेयर, १४ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, ७० करोड बराबरको बोनस सेयर र ७ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र गरी कुल २३ अर्ब ३१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।