एघार महिनामा ३ खर्ब रूपैयाँ बराबरको धितोपत्र सूचीकृत

चालु आर्थिक वर्षको एघार महिनामा करिब ३ खर्ब रुपैयाँ बराबरको थप धितोपत्र नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)मा सूचीकृत भएका छन् । उक्त अवधिमा साधारण सेयर, विकास ऋणपत्र, डिबेञ्चर, बोनस सेयर, हकप्रद सेयर र सामुहिक लगानी कोष गरी कुल २ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको हो ।