चालु आर्थिक वर्षको आठ महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । उक्त अवधिमा साधारण सेयर, विकास ऋणपत्र, बोनस सेयर, सामुहिक लगानी कोष इकाइ र हकप्रद सेयर गरी २ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ ।