१६औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता वैशाख २३ र २४ गते काठमाडौँमा हुने भएको छ । नेपाल व्यायाम मन्दिर ज्याठाको आयोजनामा हुने प्रतियोगिताको विजेतालाई १० लाख रुपियाँ पुरस्कार प्रदान गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो ।