कांग्रेस संस्थापन इतर पक्षको बैठक बस्दै

काठमाडौं : संसदीय दलको एकल उम्मेदवारमा सहमति जुटाउन कांग्रेस संस्थापन इतर पक्षको बैठक म‌गलबार पनि बस्दैछ। सोमबार दिनभर भएका छलफलमा सहमति नजुटेपछि पुनः छलफल गर्न लागेकोे सह–महामन्त्री जीवन परियारले जानकारी दिए। संस्थापन इतर समूहमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेता आकांक्षी छन्।दुवै जनाले दलको नेतामा उम्मेदवारी दिने तयारी थालेपछि उपसभापति धनराज गुरुङले सहमतिका लागि छलफल थालेका हुन्। दुवैले अडान राखेपछि सोमबारको छलफल स्थगित भएको थियो। अहिले बिहान ८ बजे का

सम्बन्धित सामग्री

पर्सा १ मा लोसपाका कर्णलाई टिकट, कांग्रेस संस्थापन इतर पक्ष असन्तुष्ट

२३ असोज, वीरगञ्ज । नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्ण चुनाव लड्ने भएका छन् । पर्सा क्षेत्र नं. ४ का निवर्तमान सांसद कर्ण गठबन्धनबाट पर्सा क्षेत्र नं १ मा चुनाव लड्न लागेका हुन् । कर्ण तत्कालीन राष्ट्रिय जनता […]

कांग्रेस संस्थापन इतर नेताहरु छलफलमा व्यस्तः सभापति टुंगो लगाउनै सकस

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन दुई दिनमात्रै बाँकी रहँदा संस्थापन इतर पक्ष बुधबार पनि सभापतिको उम्मेदवार टुंगो लगाउन असफल भएको छ । संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित भए पनि इतर पक्षले भने साझा उम्मेदवार तय गर्न सकेको छैन । वर्तमान नेतृत्वको विकल्प दिन इतर पक्षबाट साझा उम्मेदवार बनाउन […]

कांग्रेस संस्थापन इतर पक्ष: सहमति छाडेर आरोप–प्रत्यारोपमा

संस्थापन इतर पक्षका नेताहरूले २०७४ सालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि देउवालाई नेतृत्वबाट हटाउनुपर्ने भन्दै सुरुमा विशेष महाधिवेशन,त्यसपछि अर्ली महाधिवेशन र पछि विधानले व्यवस्था गरेको चार वर्षभित्रै महाधिवेशनको वकालत गर्दै आएका थिए...

कांग्रेसको तल्लो तहसम्म गुटगत माखेसाङ्लो, काठमाडौंमा दुई समूहको रस्साकस्सी

तीमध्ये देशको संघीय राजधानी काठमाडौं महानगर अधिवेशनले चासो र चर्चा पाएको छ । महानगर नेतृत्वको लागि संस्थापन र संस्थापन इतर पक्ष प्यानलसहित मैदानमा छन् ।

दोधारमा कांग्रेस संस्थापन इतर पक्ष

काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानबिन गर्न गठन भएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको पूरक समितिको प्रतिवेदन सोमबार साँझ बुझे। सिटौला समितिले प्रतिवेदन बुझाएसँगै कांग्रेसभित्र डेढ वर्षदेखि जारी सदस्यता विवाद टुंगो लागेको छ। विवाद सुल्झन नसकेका आधा दर्जन निर्वाचन क्षेत्र र केही वडामा १३औं महाधिवेशनअघिकै क्रियाशील […]

महाधिवेशन नहुने भएपछि कांग्रेसमा संस्थापन इतर पक्ष आक्रोशित

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला संस्थापन इतरका जिल्ला सभापतिले सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दवाव दिने एजेण्डा बनाएका छन् ।

काँग्रेसको संस्थापन इतर पक्ष जिल्ला सभापतिहरूको बैठक ठमेलमा

नेपाली काँग्रेसको संस्थापन इतर पक्षीय जिल्ला सभापतिहरूको बैठक बस्दै छ । पार्टीको १४ औँ महाधिवेशनको सुनिश्चितता र सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दबाब सिर्जना गर्न बैठक बस्न लागेको काठमाडौँका जिल्ला सभापति सबुज बानियाँले रातोपाटीलाई जानकारी दिए । आज अपराह्न १२ बजेपछि ठमेलको एक होटेलमा बैठक सुरु हुने छ ।नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीका अनुसार आजको बैठक करिब ४० जिल्ला सभापति सहभागी हुने छन् । १५ जना बढी अहिले नै बैठक स्थल पुगिसकेको केसीले रातोपाटीलाई बता

सिटौलाले बोलाए मन्त्री छान्न आफू निकटको बैठक, पौडेल पनि आन्तरिक छलफलमा

काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री बन्ने बाटो खोलिदिएपछि सो पार्टीका संस्थापन इतर पक्ष आन्तरिक छलफलमा जुटेको छ । आफू निकटबाट कसलाई मन्त्री बनाउने भन्नेबारे छलफलका लागि नेता कृष्ण प्रसाद सिटौला पक्ष आन्तरिक बैठकमा जुटेको हो ।  सिटौला पक्षले दिउँसो १ बजे बैठक बोलाएको छ । चन्डोलस्थित सिटौला निवासमा गगन थापासहितका नेताहरुलाई बोलाइएको छ । सो बैठकबाट सिटौलाको भागमा पर्ने मन्त्रीको छनोट हुने नेता भीमसेनदास प्रधानले जानकारी दिए । सिटौला समूहबाट तीन प्रतिनिधिसभामा