काँग्रेसको संस्थापन इतर पक्ष जिल्ला सभापतिहरूको बैठक ठमेलमा

 नेपाली काँग्रेसको संस्थापन इतर पक्षीय जिल्ला सभापतिहरूको बैठक बस्दै छ । पार्टीको १४ औँ महाधिवेशनको सुनिश्चितता र सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दबाब सिर्जना गर्न बैठक बस्न लागेको काठमाडौँका जिल्ला सभापति सबुज बानियाँले रातोपाटीलाई जानकारी दिए । आज अपराह्न १२ बजेपछि ठमेलको एक होटेलमा बैठक सुरु हुने छ ।नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीका अनुसार आजको बैठक करिब ४० जिल्ला सभापति सहभागी हुने छन् । १५ जना बढी अहिले नै बैठक स्थल पुगिसकेको केसीले रातोपाटीलाई बता