कांग्रेसको बन्दसूचीमा संस्थापन इतर पक्ष निकै कम, आरजु राणा आठौँ नम्बरमा (सूचीसहित)

काठमाण्डाै - प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फका कांग्रेस उम्मेदवारको बन्दसूची सार्वजनिक भएको छ । बन्दसूचीलाई लिएर नेता शेखर कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएको छ । पार्टीको संस्थापन पक्षले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो समूहलाई बेवास्ता गरेको भन्दै उनीहरुले नाम सच्याउन दबाब दिएका छन् ।  कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीको पहिलो नम्बरमा विमलेन्द्र निधि, दोस्रोमा फरमुल्लाह मन्सुर, तेस्रोमा जीवन परियार, अनि आठौँ नम्बरमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म समेटिनुभएको ...