एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट अलग्याउनका लागि संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् । दसौं महाधिवशेनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका नेम्वाङलाई हालका महासचिव ईश्वर पोखरेलका लागि सहज बनाउन प्रतिस्पर्धामा नआउन भनिएको हो ।