नेकपा एमाले अर्घाखाँचीले महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । शनिबार १६ जना महाधिवेशन प्रतिनिधिको टुुंगो लगाएको हो ।
जस अन्तर्गत चेत नारायण आचार्य, तोज बहादुर रायमाझी, रामजी प्रसाद घिमिरे, कुटमादिन अली, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, काशिराम आचार्य, खगेश्वर पन्थी, प्रतिमा खत्री, विष्णु आचार्य, जाल्पा भुसाल, विजुली रायमाझी रहेका छन् ।
त्यस्तैगरी दलिततर्फ लिलबहादुुर विक, भोज बहादुुर गन्दर्भ र शिवकला विक छन् । एमालेको महाधिवेशन मंसिर १० गतदेखि चितवनमा हुुँदैछ ।