धनुषाका चार निर्वाचन क्षेत्रमा सात पूर्वमन्त्रीको उम्मेदवारी

जनकपुरधाम : धनुषाका चार निर्वाचन क्षेत्रमा सात पूर्वमन्त्रीले उम्मेदवारी दर्ता गराएका छन्। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराए। एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका नेता दिपक कार्कीले उम्मेदवारी दिए।धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट सत्तारुढ दलको गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादव उम्मेदवारी दर्ता गराए। यसै क्षेत्रमा हालै एमाले प्रवेश गरेका पूर्वमन्त

सम्बन्धित सामग्री

देउवाको निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवारी फिर्ता

डडेल्धुरा : डडेल्धुरामा पाँचजना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन्। प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका ३ र प्रदेशसभातर्फ उम्मेदवारी दिएका २ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।प्रतिनिधिसभातर्फ एमालेबाट उम्मेदवार बनेका चक्रप्रसाद स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवेदनपछि स्नेहीको

काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमा को-कोबीच हुँदैछ भिडन्त?

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँको १० वटा निर्वाचन क्षेत्रमा २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नं.१ मा विभिन्न दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेले युवा नेता किरण पौडेललाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा सत्तारुढ गठबन्धनको […]

रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा ८६ जनाले दिए उम्मेदवारी

रुपन्देहीमा ५ प्रतिनिधि सदस्य लागि ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै १० प्रदेश सभा सदस्यको लागि ११२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।गृहमन्त्री बालकृष्ण खाणदेखि एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका छन् । डा. निकलेश भुसालदेखि  घनश्याम  भुसालसम्म स्वतन्त्र उम्मेदवार बनेका छन् । एमाले परित्याग गरेका भुसाल गठबन्धनको समर्थनमा  उम्मेदवार  बनेका छन् ।सबै भन्दा बढी उम्मेदवारी दर्ता क्षेत्र नम्बर ३ मा भएको

दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता

दाङ । सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारहरूले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले उम्मेदवारी दर्ता गराउनुभयो । लमहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो तीन बजे उहाँले आफ्नो उम्मेदवारी […]

रुकुम पश्चिमका दुबै प्रदेशसभा क्षेत्रमा कांग्रेसले दियो उम्मेदवारी

२३ असोज, सुर्खेत । नेपाली कांग्रेस रुकुम पश्चिमका दुबै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । सत्तारूढ गठनबन्धनमा कुरा नमिले पछि कांग्रेसले दुबै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो । प्रदेशसभा ‘क’ मा कृष्णबहादुर रोकाय र प्रदेश सभा ‘ख’ मा प्रेमप्रकाश ओलीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । रुकुम पश्चिममा प्रदेश सभाको एउटा सिट कांग्रेसले […]

गगन थापाको निर्वाचन क्षेत्रमा इन्जिनियर आकर्षण पोखरेलले गरे उम्मेदवारी घोषणा

काठमाडौं, असार ७ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। आज विहान कपनको साततलेमा आयोजित कार्यक्रममार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् । काठमाडौं–४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो। ०७४ को निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।