प्रम र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउन आफूले राजनीतिकस्तरमा छलफल जारी राखेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार अपराह्न प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलबीच भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन आफू तयार रहेको स्पष्ट पारेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसीका […] The post प्रम र एमसीसी उपाध्यक्षबीच भेटवार्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

एमसीसी पासपछि बालुवाटारमा सत्ता गठबन्धनको पहिलाे बैठक बस्दै

काठमाडौँ – प्रतिनिधिसभाबाट अमेरिकी सहयाेग परियाेजना एमसीसी पास भएपछि बिहीबार सत्ता गठबन्धनको पहिलाे बैठक बस्दै छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उक्त बैठक बस्ने प्रम शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। उनका अनुसार बैठक केहीबेर सुरु हुँदैछ। संसदबाट पारित एमसीसी अमेरिकाकाे एमसीसी बोर्डबाट स्वीकृत भइसकेको छ। बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी […]

एमसीसी पास गर्नु ओलीको नैतिक कर्तव्यः कांग्रेस महामन्त्री शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी पारित गर्न साथ दिनु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नैतिक कर्तव्य रहेको बताएका छन्। ओली प्रधानमन्त्री रहेका बेला अनुमोदनका लागि एमसीसी २०७६ असार ३० गते संसदमा दर्ता गरेको भन्दै आफैले दर्ता गरेको प्रस्ताव पारित गर्न साथ दिनुपर्ने बताएका हुन्। महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘केपी ओली प्रम […]

उत्कर्षमा एमसीसी विवाद : राष्ट्रिय हितको उपेक्षा !

बद्री तिवारी पाँच वर्षअघि अर्थात् सन् २०१७ मा कांग्रेस नेता शेरबहादुर देउवा नेतत्वृकै सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता शुरुदेखि नै विवादास्पद बन्यो, यसको सर्वसम्मत समाधान खोज्ने नाममा धेरै बैठक र छलफल भए तर निकास निस्कन सकेको छैन । बरु वर्तमान गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रम देउवाकै पालामा यो विवाद चरमोत्कर्षमा पुगेको छ । नेपाललाई अमेरिकाले […]

यथास्थितिमा एमसिसी स्वीकार्य छैन : नारायणकाजी

काठमाडौँ – माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्ने बताएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाभित्र (१७ फागुन) संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता एमसीसीलाई लेखेको सार्वजनिक भएपछि नेता श्रेष्ठले यथास्थितिमा संसद्बाट एमसीसी स्वीकार नगर्ने घोषणा गरेका हुन्। ‘प्रम देउवा र अध्यक्ष क. प्रचण्डद्वारा एमसीसी अमेरिकालाई […]

एमसीसीबारे फेब्रुअरी २८ सम्म संसद्बाट निर्णय लिने अमेरिकालाई जानकारी

काठमाडौं, माघ २०। सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्नेगरी निर्णायक पहल थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता अघि बढाउन निर्णायक पहलमा लागेका छन् । अनुमोदन गर्ने वा नगर्ने जिम्मेवारी संसद्को नै भएको भन्दै उनले प्रक्रिया भने अविलम्ब अघि बढाउन अग्रसरता लिएका छन् । पछिल्लो १ सातामा प्रम […]

एमसीसीमा विवाद : निर्णायक बनाउन पहल थाल्दै प्रम

काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्नेगरी निर्णायक पहल थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता अघि बढाउन निर्णायक पहलमा लाग्नुभएको छ । अनुमोदन गर्ने वा नगर्ने जिम्मेवारी संसद्को नै भएको भन्दै उहाँले प्रक्रिया भने अविलम्ब अघि बढाउन अग्रसरता लिनुभएको छ । पछिल्लो १ सातामा प्रम देउवाकै अग्रसरतामा सत्तारूढ पाँचदलीय गठबन्धनभित्र एमसीसीबारे तीव्र छलफल भएको छ । तर, गठबन्धनभित्र सहमति जुट्नुको सट्टा एमसीसीबारे मतभेद झन् चर्किंदै गएको छ । गठबन्धनभित्रको नेपाली कांग्रेसबाहेक अन्य दलले अहिलेको अवस्थामा संशोधन नगरी एमसीसी पास गर्नै नसकिने अडान लिएकै कारण दूरी बढेको हो । एमालेलाई साथ लिएर भए पनि एमसीसी सदनको यही सत्रबाट पास गराउने रणनीति बनाउनुभएका देउवाले आगामी फेब्रुअरी अन्तिमसम्म एमसीसी पास गर्ने योजना बनाइरहेको उहाँ निकट स्रोत बताउँछ । ‘प्रधानमन्त्रीले फेब्रुअरी २८ सम्म एमसीसीबारे संसद्बाट निर्णय लिने जानकारी अमेरिकी अधिकारीलाई दिनुभएको छ, त्यसैले पनि उहाँले निर्णायक पहल गर्नुभएको हो,’ उच्च स्रोतले भन्यो । प्रधानमन्त्रीले एमसीसी अनुमोदनका लागि गठबन्धनभित्रका शीर्ष नेतालाई मनाउने प्रयाससमेत गर्नुभएको छ । एमसीसीका कारण गठबन्धनभित्रै विवाद सृजना भएपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा, नेकपा माओवादी केद्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । एमसीसीका कारण गठबन्धनभित्रै फाटो आउन थालेपछि भेटका क्रममा देउवाले गठबन्धन नतोडीकनै एमसीसी पास गर्न चाहनुभएको नेताहरूले बताए । बरु एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरू समेत प्रमले माग्नुभएको उनीहरूको दाबी छ । बैठकपछि आफ्नो पार्टीको एक कार्यक्रममा बोल्दै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने, ‘गठबन्धनको सहमतिमै एमसीसी पास गराउने कार्यमा प्रम लागिरहनुभएको छ,’ उनले थपे, ‘एमसीसीमा सुधार गर्नुपर्ने विषय उपलब्ध गराउन हामीलाई भन्नुभएको छ ।’ एमसीसीमा सत्तारूढ अन्य दल सहमत नभएमा एमालेसँग मिलेर भए पनि पास गराउने रणनीतिमा पछिल्ला दिनहरूमा प्रम देउवा लागिरहनुभएको बताइन्छ । त्यसैकारण पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी पछिल्लो समय सशंकित बनिरहेको पाइन्छ । सत्तारूढ गठबन्धनलाई सहमतिमा ल्याउन माओवादी अध्यक्ष दाहालसँग संवादका लागि नेताहरू पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीलाई खुमलटार पुगेका थिए । अर्कातिर प्रधानमन्त्री देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका थिए । प्रधानमन्त्रीले एमालेसँग मिलेरै भए पनि एमसीसी अनुमोदनको रणनीति अघि बढाएपछि पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष दाहालमाथि दबाब पर्दै आएको छ । अमेरिकाको आर्थिक अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णायक दबाबमा उनी पर्दै आएको छ । एक महीनाअघि मात्र दाहालले एमसीसीका कतिपय प्रावधान देशहितमा नभएको ठहरसहितको राजनीतिक प्रतिवेदन पार्टीको राष्ट्रिय महाधिवेशनबाट पारित गराएका थिए । लगत्तै अहिले सत्ता साझेदार नेपाली कांग्रेसले एमसीसी अनुमोदनका लागि दबाब दिएपछि दाहाल अप्ठ्यारोमा पर्दै आएको उनी निकट स्रोत बताउँछ । पार्टीभित्र सहमतिविना एमसीसी अघि बढाइए सरकारबाट बाहिरिन उनलाई ठूलो दबाब रहेको उनी निकट एक नेताले बताए । सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता भएको ४ वर्ष पूरा भइसकेको छ, यसैकारण पनि छिटो एमसीसीबारे निर्णय लिन सरकारलाई दबाब पर्दै आएको छ । एमसीसी सम्झौताबारे नेपालको स्पष्ट धारणा आउनुपर्ने भन्दै अमेरिकाले ताकेता गर्दै आएको छ। यो विषयमा स्पष्ट हुन एमसीसी उपाध्यक्ष फातिमा सुमार र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेका थिए। उपाध्यक्ष फातिमाले भदौ २४ देखि २८ सम्म र विदेश सहायकमन्त्री लुले गत मङ्सिर १ देखि ३ सम्म नेपाल भ्रमण गरेर नेता तथा अधिकारीहरूसँग संवाद गरेका थिए । चाँडो अनुमोदन नभए एमसीसी नेपालबाट बाहिर जान सक्ने उनीहरूको चेतावनी थियो । प्रमुख प्रतिपक्ष दल एमाले सत्तामा रहँदा एमसीसी अघि बढाउन खोजेको थियो । त्यसबेला सभामुखको असहयोगका कारण उसले संसद्मा अघि बढाउनै पाएन, जसकारण प्रधानमन्त्री र सभामुखबीच लामो समयसम्म द्वन्द्व भएको थियो । अहिले एमाले प्रतिपक्षमा छ, उसको रणनीति पर्ख र हेरको अवस्थामा छ । सत्तारूढ गठबन्धनलाई एमसीसी पास गरेर देखाउन एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक दिनजसो पार्टीका कार्यक्रममार्फत चुनौती दिने गरेका छन् ।

आलटाल नगरी एमसीसी पास गर्न बाबुराम भट्टराईको आह्वान

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलताल नगरी संसदबाट एमसीसी पास गर्न आह्वान गरेका छन् । सत्ता साझेदार समेत रहेको जसपा नेता भट्टराईले आलताल नगरी संसदबाट एमसीसी पास गर्नु पर्ने र यसबारे सबै मिलेर बुझाउनु पर्ने बताएका हुन्  ।एमसीसी पास गर्ने बहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुने उनले बताएका छन्। उनले ट्वीटरमा लेखेका छन् ' एमसीसी सम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाॅटीको हाड नबनोस्! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!'पछिल्लो समय सत्ता गठबन्धनमा रहेका शिर्ष नेतृत्वबीच एमसीसी पास गर्ने सहमति भएको चर्चा चलेको छ  । आगामी संसद बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने सहमति भएको बताईएको छ  । तर माओवादी केन्द्रका नेता नारायाणकाजि श्रेष्ठले भने एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्ने कुरा सत्य नभएको बताएका छन् । माओवादी केन्द्र यथास्थितिमा त्यसको पक्षमा नरहेको उनले प्रष्ट पारेका छन् । साथै उनले प्रधानमन्त्री शेर बहादुर देउवाले  एमसिसिसँगको सँझौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर नभएको पनि बताएका छन् । उनले भनेका छन् 'कुनै भ्रममा नपरौं ; प्रम देउवाले एमसिसिसँगको सँझौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन। गठबन्धनमा एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन । हाम्रो पार्टी गठबन्धनको एकता कायम राख्न चाहान्छ , साथै राष्ट्रिय सार्वभौमिकता ,स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्छ र त्यसको निम्ति दृढ रुपमा प्रतिबध्द छ । हाम्रा लागि अन्य सबै बिषय त्यस मातहत रहनेछन् ।'

पूर्व प्रम ओली र एमसीसी उपाध्यक्ष बिच भेट, के फेरिएला धारणा?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमर बिच भेटवार्ता भएको छ। आज काठमाडौं आइपुगेकी सुमर र एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स बालकोट पुगेर ओलीसँग छलफल गरेका हुन्। ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित हुनुपर्ने बताएका थिए। तर, हाल विपक्षमा पुगेपछि उनले एमसीसीबारे…