वायु सेवा सञ्चालक सङ्घलाई क्यानकाे चेतावनी, ‘धाक/धम्की चल्दैन, हवाई क्षेत्रमा हडताल गर्न पाइन्न’

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान बन्द गर्ने वायु सेवा सञ्चालक सङ्घको निर्णयमा गम्भीर आपत्ति जनाएको छ । प्राधिकरणले एकलौटी रूपमा पूरा गर्नै नसकिने प्रावधान ल्याएको भन्दै सेवा प्रदायकले भोलि बुधवारदेखि आकस्मिकसहितका सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका छन् । तर आज नै पत्रकार सम्मेलन गरेर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वायु सेवा क्षेत्र अत्यावश्यक क्षेत्र भएकाले बन्द नगर्न चेतानवी दिनुभयो । उहाँले भन्नुभयो, ‘धाक–धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिए...

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमान अवतरण

निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ। आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको...

हवाई उडान नरोक्न उड्डयन प्राविधिकरणको निर्देशन

काठमाडौँ – नेपाल वायु सेवा सञ्चालक संघ नेपालको हवाई उडान रोक्ने निर्णय गैरजिम्मेवारपूर्ण भएको भन्दै नेपाल नागरिक उड्डयन प्राविधिकरणले नरोक्न निर्देशन दिएको छ। वायु सेवा सञ्चालक संघले आज देशैभरि हवाई सेवा बन्द गर्न गरेको घोषणा गैरकानुनी र गैरजिम्मेवारीपूर्ण भएको भन्दै बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न निगमले एक विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो। […]

आकस्मिकसहितका सबै उडान बन्द गर्ने वायु सेवा सञ्चालक सङ्घको घोषणा

काठमाण्डाै – वायु सेवा सञ्चालक सङ्घ नेपालले भोलि बुधवारदेखि आकस्मिकसहितका सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूरा गर्नै नसकिने प्रावधान लागू गरेको भन्दै सङ्घले भोलिदेखि आकिस्मकसहितका सबै उडान बन्द गर्ने घोषणा गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै जहाजको रात्रि बिसान गर्दा समस्या भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरेर काठमाण्डौबाहिर आधार विमानस्थलमा रात्रि बिसान गरेर मात्रै उडान गर्न पाइने प्रावधान लागू गरेको छ । तर प्राध...

वायु सेवा सञ्चालक संघ नेपालले भाेलिदेखि देशैभरि हवाई सेवा बन्द गर्ने

काठमाडाैँ- वायु सेवा सञ्चालक संघ नेपालले भोलिदेखि देशैभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। आज (मंगलबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले हवाई सेवा बन्द गर्ने जनाएकाे हाे। सरकारले जहाज र हेलिकाेप्टरले राति काठमाडाैँबाहिर ताेकिदिएकाे आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेकाे थियाे‍। साेही निर्णयकाे विराेधमा संघले सेवा बन्द गर्ने बताएकाे हाे। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]

क्यान र वायु सेवा सञ्चालक संघको विवाद सुल्झाउन उपसमिति गठन

काठमाडौं, १६ बैशाख । नागरिक उड्ययन प्राधिकरण (क्यान) र आन्दोलनमा उत्रिएको वायु सेवा सञ्चालक संघको विवाद सुल्झाउन उपसमिति गठन भएको छ। क्यान र हवाई संचालक संघबीच ९ सदस्यीय उपसमितिको प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति भएको छ । आन्तरिक हवाई उडानको बारेमा आन्दोलित हुँदै आएको हवाई सञ्चालक संघले आज क्यानसँग निर्णायक वार्ता गरेको थियो । प्राधिकरणले […]

क्यान र वायु सेवा सञ्चालक संघको निर्णायक वार्ता सुरु

काठमाडौं, १६ बैशाख । केही समयदेखि आन्दोलनमा रहेको वायु सेवा सञ्चालक संघ र नागरिक उड्ययन प्राधिकरण (क्यान)को वार्ता सुरु भएको छ । आन्तरिक हवाई उडानको बारेमा आन्दोलित हुँदै आएको हवाई सञ्चालक संघले आज क्यानसँग निर्णायक वार्ता नभए हवाई सेवा बन्द गरेर सर्टडाउनमा जाने चेतावनी दिएको छ । प्राधिकरणले दैनिक १८ घण्टा आन्तरिक उडान गर्ने सेड्युलसहितको […]

क्यानसँगको वार्तामा हवाई संचालक संघ, सहमति नभए ‘सट डाउन’ मा जाने

आन्तरिक हवाई उडानको सम्बन्धमा आन्दोलित बनेको वायु सेवा सञ्चालक संघ वार्तामा बसेको छ । आफ्नो मागका सम्बन्धमा संघ नागरिक उड्ययन प्राधिकरण (क्यान)सँग वार्तामा बसेको हो । प्राधिकरणले पाँच वटा हवाई कम्पनी र वायु सेवा सञ्चालक संघका प्रतिनिधिसँग वार्ता गरिरहेको संघका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । ‘अहिले हाम्रो र क्यानबीच निर्णायक वार्ता चलिरहेको छ । वार्ता सकारात्मक हुनेमा हामी आशावादी छौं । यदि सफल नभए भने हामी लगत्तै १२ः३० बजेदेखि नै सम्पूर्ण हवाई सेवा बन्द गरेर सर

५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्दार गर्न कठिनाई, सङ्ख्या थप्न माग

काठमाडौँ / वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्दार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको

असार १ देखि आन्तरिक उडान खुला गर्न वायुसेवा सञ्चालक संघको आग्रह

वायु सेवा सञ्चालक संघले असार १ गतेदेखि आन्तरिक उडान खुला गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै वायु सेवा सञ्चालक संघले आन्तरिक उडान खुला गर्न माग गरेको हो ।  सरकारले निषेधाज्ञालाई क्रमश खुकुलो बनाउँदै लैजाने तयारी गरेको समाचार प्रकाशमा आइरहेको समयमा आन्तरिक उडान शुरू गर्न वायु सेवा संचालक संघले माग गरेको हो ।  संघका प्रथम उपाध्यक्ष अनोज रिमालले अन्तराष्ट्रिय प्रावधान अनुसारका सुरक्षा मापदण्डअनुसार विमान सञ्चालन गर्न तयार रहेको उल्लेख गरे...