उडान सङ्ख्या थप्न सरकारसंग माग

वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ। हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान सङ्ख्या थप्न माग गरेको छ।‘हामी यसका लागि सस्तो भाडादर तथा सहज र सङ्क्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ । सहज र सस्तो उडानका लागि