सत्तारुढ गठबन्धनभित्रको विवादका बीच सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश गरेपछि दिनभर बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । बिहानैदेखि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठनका साथै राप्रपा र अन्य साना कम्युनिस्ट घटकहरुले प्रदर्शन गरेका थिए भने एमसीसी टेबल नै भएपछि आन्दोलन थप उग्र बन्यो । सो क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा दर्जनौँ घाइते भएका छन् भने कम्तिमा ५० जना पक्राउ परेका छन् । घाइते हुनेमा नेपाली प्रहरीतर्फ मात्रै