सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु

काठमाडौं : सत्तारूढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले कोटेश्वर पुगेर माधव नेपाललाई भेटेर फर्केपछि करिब १२ बजे सिंहदरबारमा कार्यदलको बैठक सुरु भएको हो। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो पनि बैठक बसेको थियो।  हिजोको बैठक सकारात्मक ढंगले अगाडि बढेको नेताहरूले बताएका छन्।खनाल–नेपाल समूहका कार्यदल सदस्य रघु पन्तले हिजोको बैठकमा विवादित विषयहरुमा बुँदागत छलफल भएको र आजको बै

सम्बन्धित सामग्री

एमाले कार्यदल बैठक अहिलेसम्म बस्न सकेन, आन्तरिक छलफलमा जुटे दुवै पक्ष

काठमाडौँ । नेकपा एमाले कार्यदलको बैठक आज दिउँसो बस्ने भनिएको भए पनि अहिलेसम्म बस्न सकेको छैन ।

नेकपा एमाले कार्यदल बैठक सकियो

काठमाडौँ । साँझ ७ बजे बस्ने गरी नेकपा एमाले कार्यदलको बैठक सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि छलफल भएको बताइएको छ । आजै साँझ ७ बजे बस्ने गरी बैठक स्थगित गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

एमाले कार्यदल बैठक जारी

काठमाडौँ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक जारी छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसिरहेको छ । आजको कार्यदल बैठकले हिजो बुधबार साँझ शीर्ष नेताद्वयबीच भएको छलफलको समिक्षा गर्दै पार्टी एकतालाई टुंगोमा पुर्‍याउने बताइएको छ ।

एमाले कार्यदल बैठक आज पनि बस्दै, समय सर्यो

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ ।  बैठक भने मंगलबार निर्धारण गरिएको समयभन्दा केही सरेको छ । बुधबार विहान ८ बजेका लागि तयको बैठक विहान १० बजेलाई सरेको अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले रातोपाटीलाई जानकारी दिए ।पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।.gr

एमाले कार्यदल ५० दिनपछि ब्युँतियो, सहमतिको प्रयास स्वरूप सिंहदरबारमा बैठक

पार्टीभित्र सहमतिको प्रयास गर्न भन्दै गठित नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरू भएको छ । गत जेठ २ गते गठन भएको कार्यदलको बैठक ५० दिनपछि बसेको हो । गत जेठ ४ गते कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो ।  कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ संयोजक छन् भने माधव नेपालको तर्फबाट उपाध्यक्ष भीम रावल संयोजक छन् । संस्थापन पक्षबाट उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।  नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट...