पार्टी विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक झण्डै १२ घण्टादेखि सिंहदरबारमा बसिरहेको छ । अर्थ मन्त्रालय सिंहदरबारमा बिहान सवा ९ बजे शुरु भएको कार्यदलको बैठक राति साढे ९ बजेसम्म चलिरहेको छ । कार्यदलमा संस्थापन पक्षका संयोजक सुवास नेम्वाङले आजै सहमति गरेर हस्ताक्षर गर्ने दावी गरेका छन् ।कार्यदलको बैठक चलिरहेको समयमा उपमहासचि...