काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक भने मंगलबार निर्धारण गरिएको समयभन्दा केही सरेको छ । बुधबार विहान ८ बजेका लागि तयको बैठक विहान १० बजेलाई सरेको अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले रातोपाटीलाई जानकारी दिए ।पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।.gr