जयसिंह धामी प्रकरणको प्रतिवेदन चाँडै आउँछ: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलाका जयसिंह धामीको सत्यतथ्य जानकारीका लागि गठित समितिले काम गरिरहेको र चाडै प्रतिवेदन सार्वजनिक गरीने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री खाँडले यस्तो जानकारी दिएका हुन्। उनले महाकाली नदीमा आएको बाढीले उत्पन्न भएको व्यास क्षेत्रको खाद्यान्न र औषधिको प्रवन्ध र पूर्व तयारी सरकारले गरिसकेको समेत जानकारी दिए ।

सम्बन्धित सामग्री

जयसिंह धामी प्रकरणमा सरकारले लाचारी देखाएको एमालेको प्रतिक्रिया

काठमाडौँ– दार्चुलाका जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएको विषयमा छानबिन गर्न सरकारले गठन गरेको समितिले सरकारलाई बुझाएको प्रतिवेदन अस्पष्ट रहेको प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिक्रिया दिएको छ । एमाले सचिव प्रदीवकुमार ज्ञवालीले बिहीबार एक वक्तव्य जारी गर्दै सरकारले घटनालाई अर्कोतर्फ मोड्न खोजेको आरोप लगाएका छन् । उनले आफ्नो […]

जयसिंह धामी प्रकरण प्रतिवेदन, कहिले बोल्ने सरकार ?

काठमाडौं। जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिले तयार गरेको प्रतिवेदन कार्यान्वयनका सम्वन्धमा आम चासो बढेको छ । समितिले मङ्गलवार गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न सिफारीस गरिएको छ। यस्तै धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग

जयसिंह धामी बेपत्ता भएको एक महिना : छानबिन प्रतिवेदनमा सरकार पन्छिँदै

काठमाण्डाै - दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको एक महिना हुँदा पनि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन । भारतीय सशस्त्र सीमा बल एसएसबीले तुुइन खुुस्काइदिएपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । यसबारे छानबिन गर्न गठन भएको सरकारी समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ ।  गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्व रहेको समितिले तेस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । तेस्रो पटकको म्याद आज सकिँदैछ । तर प्रतिवेदन तयार नभएपछि फेरि म्याद थप्ने ...

जयसिंह धामी बेपत्ताको एक महिना : छानबिन प्रतिवेदनमा सरकारको अस्वाभाविक ढिलाइ

काठमाडौं । दार्चुलाका जयसिंह धामी महाकालीमा बेपक्ता घटनामा कूटनीतिक लाचारी देखाएको सरकारले घटनाको छानबिनमा समेत अस्भाविक ढिलाइ गर्न थालेको छ । धामी बेपत्ता भएको एक महिना पुग्दा पनि न त उनको अवस्था पत्ता लागेको छ न त सरकारको छानबिन प्रतिवेदन नै तयार भएको छ । धामी बेपत्ता भएको मंगलबार ठीक एक महिना हुँदै छ । […]

जयसिंह धामी प्रकरण : सत्ता गठबन्धनका नेताहरुले गरे प्रधानमन्त्रीमाथि प्रश्न

तुइन तर्ने क्रममा वेपत्ता भएका दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारको दृष्टिकोण अस्पष्ट भएको भन्दै सत्ता गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् । साथै उनीहरुले धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुले धामी वेपत्ता प्रकरण छानविनका लागि गठित छानविन प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइ र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन छिमेकी मुलुक भारतसँग कुरा गर्नुपर

जयसिंह धामी तुइन तर्दातर्दै भारतीय पक्षले लट्ठा खुस्काएको छानबिन समितिको निचोड

दार्चुलाको तुइन घटना छानबिनका लागि गठित सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ । करिब दुई साताको छानबिनपछि समिति प्रतिवेदन लेखनमा जुटेको छ ।