जयसिंह धामी तुइन तर्दातर्दै भारतीय पक्षले लट्ठा खुस्काएको छानबिन समितिको निचोड

दार्चुलाको तुइन घटना छानबिनका लागि गठित सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ । करिब दुई साताको छानबिनपछि समिति प्रतिवेदन लेखनमा जुटेको छ ।

सम्बन्धित सामग्री

जयसिंह धामी बेपत्ता प्रकरण : एकीकृत समाजवादीका कार्यकर्ताले जलाए मोदीको पुतला

काठमाडौं : नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ। दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसभित्रै कार्यकर्ताहरुले मोदीको पुतला दहन गरेका हुन्। जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएका हुन्। सरकारले साउन १७ गते…

जयसिंह धामी प्रकरण : सत्ता गठबन्धनका नेताहरुले गरे प्रधानमन्त्रीमाथि प्रश्न

तुइन तर्ने क्रममा वेपत्ता भएका दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारको दृष्टिकोण अस्पष्ट भएको भन्दै सत्ता गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् । साथै उनीहरुले धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुले धामी वेपत्ता प्रकरण छानविनका लागि गठित छानविन प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइ र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन छिमेकी मुलुक भारतसँग कुरा गर्नुपर

जयसिंह धामी घटनाबारे जानकारी गराउन सभामुखको सरकारलाई रुलिङ

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले जयसिंह धामी प्रकरणबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। मंगलबार प्रतिनिधिसभामा सभामुख सापकोटाले रुलिङ गर्दै घटनाबारे जानकारी गराउन निर्देशन दिएका हुन्। त्यसअघि शून्य समयमा बाेलेका सांसदहरुले जयसि‌ंह धामी प्रकरणमा सरकारले अहिलेसम्म सत्य तथ्य सार्वजनिक नगरेकाे भन्दै आलाेचना गरेका थिए। महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएपछि […]

जयसिंह धामी प्रकरणमा संसदमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री वालकृष्ण खाँणले दार्चुला घटनाको विषयमा जानकारी दिएका छन्। दार्चुलामा तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा जयसिंह धामी वेपत्ता भएको घटनाको विषयमा जानकारी दिँदा गृहमन्त्री भारतीय पक्षको संलग्नता बारे मौन रहेपछि सांसदहरुले प्रतिप्रश्न गरेका थिए। यो पनि : दार्चुला घटनामा भारतको औपचारीक विरोध…

कल्याण भन्छन् : अब कहिल्यै तुइन चलाउँदिनँ

धनगढी नामः कल्याणसिंह धामीकामः मालघाटमा तुइन तार्नेघटनाः तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता दार्चुलाका कल्याणसिंह धामी। जसले मालघाटमा तुइन तार्ने काम गर्छन्। उनी २१ वर्षदेखि तुइन तार्ने काम गर्दै आएका छन्। शुक्रबार मालघाटमा तुइन तर्ने क्रममा व्यासका जयसिंह धामी बगेपछि कल्याणको मनमा डर पसेको छ। उनले अबदेखि तुइन नचलाउने प्रतिज्ञा नै गरिसके।उनको मनमा डर छ, सीमावर्ती क्षेत्रमा कसरी बस्ने र भारत कसरी जाने भन्ने डर उनमा छ। जयसिंह बेपत्ता भएपछि कल्याणलाई उद्धृत गर्दै एसएसबीले तुइन काट्दा जयस

जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न युवा संघको दबाब (तस्बिरहरु)

काठमाडौँ – महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारलाई दबाब दिँदै राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा ‘सरकार किन बोल्दैन ?’, ‘देखेन कि सुनेन?’ जस्ता नारा लगाइएको थियो। उक्त घटनाको सत्यतथ्य छानबिन नगरे आन्दोलनको आँधीबेरी सिर्जना गर्न आफूहरू […]