काठमाण्डाै - दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको एक महिना हुँदा पनि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन । भारतीय सशस्त्र सीमा बल एसएसबीले तुुइन खुुस्काइदिएपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । यसबारे छानबिन गर्न गठन भएको सरकारी समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्व रहेको समितिले तेस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । तेस्रो पटकको म्याद आज सकिँदैछ । तर प्रतिवेदन तयार नभएपछि फेरि म्याद थप्ने ...