दिवंगत राणा जसले नेपालमा बहुराष्ट्रिय कम्पनी डाबर भित्र्याएका थिए

नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्मशमशेर राणाको निधन भएको छ । उनले शुक्रबार राति ९ः ४५ बजे निधन भएको हो ।  व्यवसायी तथा भारतका लागि नेपालका राजदूत समेत रहेका रुक्मशमशेर राणाले नेपालमा बहुराष्ट्रिय कम्पनी डाबर भित्र्याएका थिए । उनले नेपालमा सन् १९९० मा बहुराष्ट्रिय कम्पनी डाबर स्थापना गरेका थिए । यो कम्पनीले नेपालमा १९९२ देखि उत्पादन थालेको थियो ।‘डाबर नेपाल’ स्थापना भएपछि राणा कम्पनीको नेपालको प्रबन्ध निर्देशक समेत भएका थिए । ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका राणा नेपाल भ

सम्बन्धित सामग्री

बहुराष्ट्रिय कम्पनी पलायनको जोखिम

सबै नेता वैदेशिक लगानी भित्र्याउने कुरालाई प्राथमिकता दिएको बताउँछन् । बहुराष्ट्रिय कम्पनीलाई नेपालमा उद्योगधन्दा खोल्न निमन्त्रणा गर्छन् । सेवा, सुविधा र सहयोग दिने कुरा गर्छन् र ‘रेड कार्पेट’ ओच्छ्याएको कुरा गर्छन् । तर,...

नौ अर्ब ६८ करोड पुनर्लगानी गर्दै डाबर नेपाल

बहुराष्ट्रिय कम्पनी डाबर नेपालले नौ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानी गरेर क्षमता विस्तार गर्ने भएको छ । बिहीबार पुनर्लगानीका लागि नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका...

पेप्सीको नयाँ ‘मोर फिँज’ नेपाली बजारमा

बहुराष्ट्रिय कम्पनी पेप्सीले उपभोक्ताहरुको तिर्खा मेटाउने उद्देश्यसहित ‘मोर फिँज’ पेप्सी बजारमा ल्याएको छ।...

बहुराष्ट्रिय कम्पनी विश्व विभाजनको औजार बन्नुहुँदैन

प्रतिस्पर्धा र टकरावका सन्दर्भमा वासिंगटनले बहुराष्ट्रिय निगमलाई भूराजनीतिक लक्ष्य प्राप्त गर्न एक अनुकूल उपकरणका रूपमा हेरेको छ रूस–युक्रेन द्वन्द्व थप चर्किंदै गएको छ । युक्रेनी मिडियाले एकाएक रुसका सबै सैन्य एवं रणनीतिक...

सिमरा सेज : २ ब्लक निर्माणमा बहुराष्ट्रिय कम्पनी ल्याइने

काठमाडौं । बारास्थित सिमरा विशेष आर्थिक क्षेत्र (सेज)का दुईओटा ब्लकको पूर्वाधार निर्माणमा बहुराष्ट्रिय कम्पनी ल्याउने तयारी भएको छ । सिमरा सेजको बी र सी ब्लकको २ सय बिगाहा जग्गामा पूर्वाधार बनाउन विदेशी कम्पनी ल्याउने तयारी विशेष आर्थिक क्षेत्र प्राधिकरणले गरेको हो । उक्त सेजको ए ब्लक बनिसकेको छ । कुल पाँचओटा ब्लकमध्ये बी र सीमा आवश्यक पर्ने पूर्वाधार बनाउन चीन, भारतलगायत देशका बहुराष्ट्रिय कम्पनीलाई प्रस्ताव गर्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए । ८ सय १४ बिगाहामा फैलिएको यो सेजको पूर्वाधार निर्माणदेखि नै निजीक्षेत्रलाई प्रवेश गराउने योजनाअनुसार विदेशी कम्पनी, लगानीकर्ता र मार्केटिङको तयारी गरिएको उनले बताए । आइतवार प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)बीच सिमरा सेजका ती ब्लकमा पूर्वाधार निर्माण गर्न लगानी सहकार्य गर्ने समझदारी भएको छ । ती ब्लकको पूर्वाधार निर्माणदेखि नै त्यस्ता कम्पनी ल्याउन पहल गरिने समझदारी भएको भट्टले बताए । ‘सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणाअनुरूप सेजको पूर्वाधार निर्माणमै निजीक्षेत्र र बहुराष्ट्रिय कम्पनी ल्याउनेछौं,’ भट्टले भने, ‘त्यस्ता साझेदार ल्याउन निफ्राले काम गर्नेछ ।’ निफ्राले पनि सेजमा लगानी गर्नेछ । नयाँ लगानीकर्ता ल्याउन र सेजको उद्देश्यअनुसार निर्यातको वातावरण तयार गर्न पनि विदेशी कम्पनी ल्याउनु आवश्यक भएको उनले बताए । अहिलेसम्म सेजमा निर्माण हुने पूर्वाधारमा सरकारले मात्रै लगानी गर्दै आएको छ । यसअनुसार सिमरा सेजको ए ब्लकमा खानेपानी, बिजुली, प्रशासनिक भवन, ढल निकास, बाटो लगायत पूर्वाधार निर्माणमा सरकारले ३ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । ‘यस्तै, पूर्वाधार निर्माणका लागि विदेशी कम्पनी ल्याउनेछौं, निफ्रासँग सिमरामा मात्रै लगानी गर्ने समझदारी भएको छ,’ भट्टले भने, ‘अन्य सेजका लागि विस्तारै कुरा हुनेछ ।’ सेजमा उद्योग खोल्न प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणले भाडादरदेखि निर्यात प्रतिशतमा लचिलो नीति ल्याएको छ । व्यापार प्रवर्द्धन तथा निर्यात नै मुख्य उद्देश्य राखेर खोलिएका सेजमा विदेशी लगानीकर्ता तथा कम्पनी आउँदा वस्तुको मार्केटिङदेखि बजारसम्मका लागि सहज हुने देखिन्छ । यसैगरी, निर्यातको प्रतिशत पनि संशोधन गरी उद्योग सञ्चालनको २ वर्षसम्म निर्यात गर्न नपर्ने र उक्त अवधिमा व्यवसायीले बजार खोज्न सक्ने व्यवस्था गरिँदै छ । यसअघि उद्योग स्थापनाको दोस्रो वर्ष नै ६० प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने प्रावधान थियो । उक्त व्यवस्था संशोधन गर्दै उद्योग स्थापनाको तेस्रो वर्ष २०, चौथोमा ४० र ५ वर्षमा ६० प्रतिशतसम्म उत्पादन निर्यात गर्नुपर्ने प्रावधान बनाउन लागिएको छ ।

कोकाकोलाविरुद्ध तीन अर्ब ७२ करोड बराबरको कर छलीको मुद्दा

बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (बालाजु)विरुद्ध तीन अर्ब ७२ करोड बराबरको कर छलीको आरोपमा मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा ३ अर्ब ७१ करोड ८१ लाख...

बहुराष्ट्रिय कम्पनी गूगल २३ औं वर्षगाँठ मनाउँदै

असोज ११, क्यलिफोर्निया( अमेरिका)  । अमेरिकी सूचना प्रविधि कम्पनी तथा इण्टरनेट सर्च इञ्जिन गूगल, शब्द सायदै कसैले नसुनेको होला । हुन त गूगल आजभोलि हरेक क्षेत्रका लागि अपरिहार्य दैनिकी बनिसकेको छ । कुनै सामग्री खोज्न पर्‍यो वा समाचार हेर्नुपर्‍यो वा गीत नै सुन्नु पर्‍यो  वा कुनै स्थानको बारेमा जान्न मन लाग्यो । यी र यस्तै कुुराको खोजी गर्नु पर्‍यो भने सबैभन्दा शुरुमा प्रयोग गर्ने सर्च इञ्जिन नै हो गूगल । दैनिकीमा सहजीकरण भएरै होला, आजभोलि कतिपयले त गूगललाई, गूगल बाबा पनि भन्न थालेका छन् ! हामी व्यावसायिक जिन्दगीदेखि लिएर, शैक्षिक, समाजिक, आर्थिक हरेक क्षेत्रमा गूगलको सहयोग लिइरहेको हुन्छौं । यसरी गूगलले हाम्रो दैनिकी सहज बनाउन थालेको आज २३ वर्ष पुगेको छ । अर्थात्  सोमवार गूगलको २३ औं जन्मदिन । सर्च इञ्जिन गूगल २३ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले सेप्टेम्बर २७  मा जन्मदिन मनाउने गरेको छ । तर गूगलको शुरुवात भने १९९८ को सेप्टेम्बर ४ मा भएको थियो ।    जन्मदिनको अवसर पारेर गूगलले सोमवार आफ्नो डूडल परिवर्तन गरेको छ, जसमा गूगलको लोगोमा चकलेट केक, स्प्रिङकल्स र मैनबत्ती राखेर रंगीचंगी बनाइएको देख्न सकिन्छ । स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययनरत सर्गे ब्रिन र ल्यारी पेज मिलेर गूगल सर्च इञ्जिनको शुवात गरेका हुन् । ती दुई जना कम्प्यूटरका विद्यार्थीले सर्च इञ्जिन बनाउने सोचका साथ शुरु गरेको परियोजना अहिले आएर विश्वको सबैभन्दा ठूलो सर्च इञ्जिन बन्न पुगेको छ  । गूगलमा प्रत्येक दिन विश्वभर १५० ओटा भाषामा सर्च गर्ने गरिन्छ । कम्पनीको हाल विश्वभर २० ओटा डेटा सेन्टर रहेका छन् । ‘विश्वभरका सूचनामा सबैको पहुँच पुर्‍याउने हाम्रो यात्रा जारी रहनेछ,’ कम्पनीले आफ्नो २३ औं जन्मोत्सवको अवसरमा जारी गरेको नोटमा उल्लेख  छ । कम्पनीले इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरिरहेको छ । इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापन प्रोग्राम एडवर्ड्सको माध्यमबाट नै उक्त कम्पनीले नाफा कमाइरहेको छ । अमेरिकी सूचना प्रविधि कम्पनी तथा इण्टरनेट सर्च इञ्जिन गूगल इङ्क कर्मचारीका लागि विश्वकै उत्कृष्ट बहुराष्ट्रिय कम्पनी पनि हो । अमेरिकास्थित मानव संशाधन परामर्शदाता ‘ग्रेट प्लेस टू वर्क इन्ष्टिच्युट’द्वारा सार्वजनिक सूचीअनुसार गूगल कर्मचारीका लागि विश्वकै सबैभन्दा उत्तम बहुराष्ट्रिय कम्पनी बनेको हो ।एजेन्सीहरु

युनिलिभर रेड लेबल चिया प्रकरण : बोल्नै चाहँदैनन् गुण नियन्त्रण विभागका पदाधिकारी

बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद गुज्रेको चिया प्रकरणमा नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका जिम्मेवार पदाधिकारी जवाफदेहिता नै हुन छाडेका छन् । हेटौँडा उपमहानगरपालिका–३, बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रमा भदौ १५ गते ३५ केजी तौलका ९२० बोरा (३२ टन २ सय केजी) सहित नाम उल्लेख नै नभएको चियापत्ती फेला परेको थियो ।स्थलगत कारबाही गर्नुको साटो खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चियापत्तीको नमुना परीक्षण गर्न भन्

उद्योगी रुक्मशमशेर रहेनन्

नेपालमा बहुराष्ट्रिय कम्पनी डाबरलाई भित्र्याउने उद्योगी रुक्मशमशेर राणाको निधन भएको छ । उनको शनिबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नै निवासमा निधन भएको हो । उनी मिर्गौला, सुगर, प्रेसरलगायत रोगबाट पीडित थिए...

नेपालमा बन्द भयो बहुराष्ट्रिय कम्पनी 'सिक्स्ट' को सेवा

विमानस्थलमा रहेको ट्याक्सी व्यवसायीको सिन्डिकेट तोड्न असफल भएको सिंहको अनुभव छ।