भूकम्पले क्षतिग्रस्त जयबागेश्वरी मन्दिर पुनःनिर्माण

काठमाडौँ– विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयबागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ । सम्पन्न जयबागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताएका छन् । उनले भने ,’मन्दिरको गारो जोड्न साँखु र […]

सम्बन्धित सामग्री

लयमा फर्कियो गोरखा दरबारको पर्यटन

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनःनिर्माण भएपछि पूर्ववत् स्वरुपमा फर्किएको छ।

बालगोपालेश्वर मन्दिरमा भाइटीका (फोटो फिचर)

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पाँचौं र महत्वपूर्ण दिन दिदी बहिनीको हातबाट दाजुभाइले टीका लगाएर समापन गरिन्छ । दिदी बहिनी नहुनेहरुले भने काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने चलन रहेको छ । २०७२ सालको विनाशकारी भूकम्पले रानीपोखरीको बीचमा रहेका बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएपछि केही वर्ष टीका लगाउन रोकियो । मन्दिर पुनःनिर्माण भएपछि …

भूकम्पले ध्वस्त भएको साढे सात वर्षपछि विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण सुरु

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रको विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि साढे सात वर्षपछि शिलान्यास भएको छ । राजा भुपालेन्द्र मल्लको पालामा बनेको मन्दिर तीन तहको पेटीमा थियो । भूकम्पले क्षति गरेको मन्दिर साढे सात वर्षपछि पुनः निर्माण गर्न लागिएकामा स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर …

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ

पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माण अलपत्र अवस्थामा रहेको छ । विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरका लागि आवश्यक सामग्रीको समयमै जोहो गर्न नसक्दा अझै अन्योलको अवस्थामा रहेको हो ।मन्दिर पुनः निर्माणमा १०० बढी प्रकारका नयाँ इँटा चाहिने हुँदा बनाएर ल्याइएका तीनदेखि चार थरिका इँटासमेत नमिलेर पुनः बनाउन दिँदा मन्दिरको काम अघि बढ्न नसकेको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले गुनासो गरे । उनले भने, “इँटाको आकार र प्रकार नै पुरानो शैली अनुरुप नम

भत्केको सात वर्षपछि पशुपति क्षेत्रको विश्वरुपा मन्दिर पुनःनिर्माण शुरु

विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको विश्वरुपा मन्दिर भूकम्पले भत्केको सात वर्षपछि पुनःनिर्माणका लागि क्षमापूजासहित शिलान्यास गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर क्षतिग्रस्त भएको थियो ।

भत्केको सात वर्षपछि पशुपति क्षेत्रको विश्वरुपा मन्दिर पुनःनिर्माण शुरु

विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको विश्वरुपा मन्दिर भूकम्पले भत्केको सात वर्षपछि पुनःनिर्माणका लागि क्षमापूजासहित शिलान्यास गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर क्षतिग्रस्त भएको थियो ।

आज रानीपोखरीस्थित बालगोपालेश्वर खुला रहने

काठमाडौं : दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई

जङ्गबहादुरकालीन मन्दिर पुनःनिर्माण हुँदै

पुरातत्व विभागको आर्थिक सहयोगमा गोरखा भूकम्पले क्षतिग्रस्त करीव दुई सय वर्ष पुरानो गोल्मा भीमेश्वर मन्दिर पुनःनिर्माण शुरु हुने भएको छ। बाह्रबीसे नगरपालिका–८, मानेश्वाँरामा प्रदेशमन्त्री र सदस्य, नगरपालिका, स्थानीय भक्तजन, साधुसन्त, बुद्धिजीवीको उपस्थितिमा सो मन्दिरको सामूहिक शिलान्यास र पूजाआजा बुधबार गरिएको छ । चालु आवमा रु १५ लाख रकम विनियोजन गरी पुरातत्व विभागले परम्परागत सुर्खी र चुना प्रयोग गरी पेगोडा(छानेशैली)मा सो मन्दिर बनाउन लागेको हो । गोल्मा भीमेश्वर र त्यसको उत्तरमा पर्ने उग्रचण्डी लिस्तीमाईको नेपाल तिब्बत युद्धताका जङ्गबहादुर राणाले पूजाआजा गरी दुगुनागढीतर्फ लागेको बताइएको छ।

भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा र दर्शन गर्न दिइने :: Pahilopost.com

काठमाडौँ :  पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन्।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको पुरातत्व विभागले जनाएको छ।  कात्तिक ४ गते शनिबार दर्शनार्थीलाई