ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ

पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माण अलपत्र अवस्थामा रहेको छ । विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरका लागि आवश्यक सामग्रीको समयमै जोहो गर्न नसक्दा अझै अन्योलको अवस्थामा रहेको हो ।मन्दिर पुनः निर्माणमा १०० बढी प्रकारका नयाँ इँटा चाहिने हुँदा बनाएर ल्याइएका तीनदेखि चार थरिका इँटासमेत नमिलेर पुनः बनाउन दिँदा मन्दिरको काम अघि बढ्न नसकेको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले गुनासो गरे । उनले भने, “इँटाको आकार र प्रकार नै पुरानो शैली अनुरुप नम