विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको विश्वरुपा मन्दिर भूकम्पले भत्केको सात वर्षपछि पुनःनिर्माणका लागि क्षमापूजासहित शिलान्यास गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर क्षतिग्रस्त भएको थियो ।