बेमौसमी तरकारीबाट मनग्य आम्दानी

कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि उनीहरुले मनग्य आम्दानी लिन थालेका हुन् । सो कार्यक्रमअन्तर्गत कृषक समूहका हरेक सदस्यलाई ५० प्रतिशत अनुदान रकम उपलब्ध गराउँदै आएको छ । जिल्लाको खाँडाचक्र, रास्कोट र तिलागुफा नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रमका कृषि प्राविधिक अनिपाल ऐडीले बताउनुभयो ।

सम्बन्धित सामग्री

बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट पाँच लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले मकै खेती गर्न थालेको बताए । रिजाल पशु […]

बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी

नवलपुर गैँडाकोटका किसानहरू बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा निर्यात हुनेगरेको छ ।

पाँचथरका कृषकको मूलाखेतीमा आकर्षण, मूलाबाट मनग्य आम्दानी

पाँचथर । पाँचथरका कृषकहरु बेमौसमी मूलाखेतीमा आकर्षित भएका छन् । फिदिमको पौवाभन्ज्याङ कान्छीदोकान, डोजरडाँडा, स्कूलडाँडा लगायतका स्थानका कृषकले बेमौसमी सिजनको मूलाबाट राम्रो आम्दानी लिएपछि कृषकहरु उत्साहित भएका हुन् । यस क्षेत्रका एकसय बढी कृषकहरु अहिले पनि मूला खेतीमा सक्रिय रुपमा लागि परेका छन् । गत वर्ष प्रति किलो १२ रुपैयाँका दरले मूला विक्री गरेका कृषकहरुले […]

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान

सल्यान : सल्यानका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। परम्परागत खेती भन्दा मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट दोब्बर आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन्।अन्नबाली छाडेर व्यावसायिक तरकारी गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिँदै घरमै बसी तरकारी खेतीबाट गजबको आम्दानी गर्दै आइरहेका छन्।१५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्दै आएकी कपुरकोट गाउँपालिका ५ कि गीता गिरीले पछिल्लो समय महिलाहरु पनि व्यवसायिक तरकारी खेती

तरकारीले बनायो आत्मनिर्भर

काठमाडौँ,१९ भदौ । सिन्धुपाल्चोकमा स्थानीय कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको बलेफी, सुनकोशी, मेलम्ची क्षेत्रमा किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । लटरम्म फलेको खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनिया, काँक्रो, सिमी जस्ता तरकारी लहलहाउँदो छ । टनेल विधिबाट तरकारी खेती गर्दा मौसमी र बेमौसमी तरकारी उत्पादन दोब्बर हुने […]

कुखुरापालन व्यावसायबाट मनग्य आम्दानी गर्दै पर्वतका दिदिबहिनी

मंसिर १२, पर्वत । पर्वतको जलजला गाउँपालिका-९ बनौका दुई दिदिबहिनी कुखुरापालन व्यावसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । दुई दिदिबहिनी यामकुमारी गर्बुजा र मनकुमारी पुर्जाले गाउँमै ठूलो लगानीमा एकीकृत फार्म सञ्चालनमा ल्याएका हुन् ।  दुवै जनाका श्रीमान अहिले खाडी मुलुकमा पसिना बगाइरहेका छन् । महिलाहरुले गएको असोज महीनादेखि गाउँमै रहेको खाली जग्गामा बनौ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर प्रसस्त आम्दानी गर्न थालेका हुन् । उनीहरुले रू. २५ लाख रुपैयाँ लगानी गरेर कुखुरा फार्म, बंगुरपालन फार्म र तरकारी खेती गर्दै आएका छन् । यामकुमारीका श्रीमान मनबहादुर गर्बुजा र मनकुमारीका श्रीमान रुद्रबहादुर पुर्जा रोजगारीका लागि कतार गएका छन् ।  कृषि फार्मको क्षमता बढाएर श्रीमानलाई स्वदेश फर्काउने उनीहरुको योजना रहेको छ । अहिले कृषि फार्ममा १ हजार कुखुरा, झण्डै १ दर्जन बंगुर रहेका छन् भने तीन ओटा टनेलमा मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । बनौमा विशेषगरी बेमौसमी तरकारी उत्पादन हुने गर्दछ । टमाटर, काउली, बन्दा, खुर्सानी, काक्रो, घिरौला, लौका लगायतका तरकारीहरु उत्पादन गरेर विक्री गर्दै आएका छन् । मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा यस्ता खालका अन्य फार्महरु छैनन् । एकमात्र फार्म भएकाले पनि यहाँ उत्पादन भएका अधिकांश उपजहरु गाउँमै खपत हुने गरेको सञ्चालक यामकुमारीले बताइन् । उनका अनुसार गत असोजदेखि शुरु गरिएको फार्मबाट अहिले कुखुरा, बंगुर र तरकारीबाट आम्दानी हुन थालिसकेको छ । दैनिक २४ क्यारेट अण्डा उत्पादन हुन्छन् भने तरकारीबाट समेत मासिक रुपमा सोचे अनुरुप आम्दानी हुने गरेको छ ।  श्रीमानहरु लामो समयदेखि कतारको चर्को घाममा पसिना बगाएपनि सोचेजस्तो आम्दानी हुन नसकेपछि आफूहरुले गाउँमै ऋण गरेर कृषि फार्म सञ्चालन गरेको अर्की सञ्चालक मनकुमारीले बताईन् ।  दुवैजना दिदीबहिनी फार्ममै बस्छन् । बिहान सबेरै उठ्ने एकजनाले कुखुरालाई दाना दिने, अण्डा संगाल्ने, अर्कीले बंगुरलाई दानापानी दिने र तरकारी बारीमा गएर गोडमेल गर्ने, उत्पादित तरकारी टिपेर विक्री गर्ने दैनिकी बनेको छ ।  उनीहरुले फार्ममै कुटानी पिसानी मेशिन समेत राखेका छन् । अन्नवाली कुटानी पिसानी गर्न आउनेहरुले उत्पादित अण्डा र तरकारी किनेर लैजाने गरेको मनकुमारीले बताइन् । उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन उनले भनिन् ‘माग पु¥याउन धौ धौ भएको छ ।’ उनले यस वर्ष झण्डै रू. ५ लाख आम्दानी हुने अनुमान गरिएको बताईन् ।   ठूलो धनराशी लगानी गरेर फार्म शुरुवात गरेपनि अहिलेसम्म कतैबाट सहयोग नपाएको उनीहरुको गुनासो रहेको छ । दर्ता गरेर कानूनी रुपमा सञ्चालन गरिएको भएपनि गाउँपालिका, कृषि ज्ञान केन्द्र, प्रदेश कतैबाट पनि सहयोग नपाएको यामकुमारीले बताइन् । वडा अध्यक्ष गौबहादुर पुर्जाले उनीहरुको कृषि फार्ममा अनुदानका लागि गाउँपालिकामा पहल भइरहेको बताए । खोर निर्माण, प्लाष्टिक टनेल निर्माण र उत्पादनमा अनुदानका लागि पहल भइरहेको उनले जानकारी दिए ।  सामान्य घरायसी काममा दिन बिताउँदै आएका यामकुमारी र मनकुमारी कृषि फार्मबाट प्रशस्त आम्दानी हुन थालेपछि फुरुङ्ग बनेका छन् । गर्न सके कुनै जागिर खानु पर्दो रहेनछ, यसैबाट पनि प्रसस्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने लागेको छ उनीहरुले भन्छन् । उनीहरुले श्रीमानहरुलाई गाउँ फर्किन आग्रह गरिसकेको बताएका छन् । श्रीमानहरु फर्केपछि व्यावसायको आकार बढाएर फ्रेस हाउस समेत सञ्चालन गर्ने योजना रहेको छ ।  अब श्रीमानहरु लगायत कोही पनि युवा युवतीलाई विदेश नजान सल्लाह दिने उनीहरुले बताए । कृषि फार्ममा गरेको लगानी उठेपछि भएको फाइदाले छोराछोरीलाई गुणस्तरीय विद्यालयमा पढाउने र रकम बचत गर्ने उनिहरुको योजना रहेको छ । दिदीबहिनी मिलेर सञ्चालन गरेको यो फार्म जिल्लाकै नमूना रहेको वडा अध्यक्ष गौबहादुर पुर्जाले बताए ।

बेमौसमी तरकारीबाट मनग्य आम्दानी

तिला गाउँपालिका–३ का कर्ण हमालले कात्तिक लागेसँगै बेमौसमी तरकारी खेती सुरु गरेका छन् । ५ रोपनी जग्गमा उनले विगत पाँच वर्षदेखि बेमौसमी तरकारी खेती गर्दै आएका छन् । उनले गोलभेडा, साग, गाजर, मुला धनियाँ बन्दा, गोवीलगायतका विभिन्न तरकारी फलाएर मनग्य आम्दानी गर्छन् ।

फूल खेतीमा रमाउँदै वडाध्यक्ष

जनताको कामको अलवा आफ्नो बारीमा बेमौसमी फूलखेती गरी व्यावसायिक कृषकको समेत परिचय बनाएपछि हेटौंडा–१२ नम्बर वडाका वडाध्यक्ष ललित घलानले धेरैको प्रशंसा बटुलेका छन् । फूलखेतीबाट उनले मनग्य आम्दानी पनि गरिरहेका छन् ।

टमाटर खेतीबाट मनग्य आम्दानी, २० जनालाई रोजगारी

सिन्धुली : सिन्धुलीको कमलमाई नगरपालिका ८ हर्दियामा एक किसानले तरकारी खेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन्। झापा शिवसतासी नगरपालिका ८ बाट आएका ४२ वर्षीय कमल भट्टराईले कमलामाई नगरपालिका ८ मा आधुनिक किसिमको बेमौसमी तरकारी खेती गरेर करोडौं आम्दानी लिन सफल भएका हुन्।  झापामा रहदाँ कुखुरा पालन व्यवसाय गरेका ...

आलुमा आत्मनिर्भर बन्दै डडेल्धुरा

बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले मनग्य आम्दानी गरेका छन्। परम्परागत हिउँदेवाली छोडेर जिल्लाका किसान आलु तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन्।