सल्यान : सल्यानका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। परम्परागत खेती भन्दा मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट दोब्बर आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन्।अन्नबाली छाडेर व्यावसायिक तरकारी गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिँदै घरमै बसी तरकारी खेतीबाट गजबको आम्दानी गर्दै आइरहेका छन्।१५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्दै आएकी कपुरकोट गाउँपालिका ५ कि गीता गिरीले पछिल्लो समय महिलाहरु पनि व्यवसायिक तरकारी खेती